+
+
Shares

बालुवाटारमा बाबुराम भट्टराईको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १७:५८

cong-uml-and-dbaburam-meet

२६ कात्तिक, काठमाडौं । कांग्रेस, एमालेसहितका दलले आफूहरुको साझा प्रस्ताव संविधानसभामा पठाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई दबाव दिएका छन् ।

सभापति भट्टराईले अस्वस्थ भएको भन्दै सम्वमाद समितिको बुधबारको बैठक स्थगित गरेपछि सत्तारुढ कांग्रेस, एमाले, राप्रपा र मालेका नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।

स्रोतका अनुसार बालुवाटार बैठकमा भट्टराईको आलोचना भएको छ । सम्वाद समितिको सभापति कम, माओवादी नेता बढी देखिएको भन्दै नेताहरुले भट्टराइृको आलोचना गरेका छन् ।

प्रस्ताव संविधानसभामा नपठाए त्यसअनुसारको रणनीति अपनाउने भन्दै सत्तारुढ दलका नेताहरुले भट्टराईसँग प्रष्ट कुरा गर्ने निर्णय गरे ।

लगतै कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, माले महासचिव सीपी मैनाली र राप्रपाका दिपक बोहोरा भट्टराईलाई भेट्न उनकै निवास सानेपा पुगे । जहाँ एकीकृत नेकपा माओवादीका सभासद शक्ति बस्नेत पनि उपस्थित थिए ।

छलफलमा सत्तारुढ दलका नेताहरुले अब सम्वाद समितिले  सबै दलको प्रस्ताव संविधानसभामा पठाउनु पर्ने बताए । ‘यो छलफलका निम्ति आएको प्रस्ताव हो । अन्तिम होइन’ माले महासचिव सीपी मैनालीले भने-‘यसमा संविधानसभामा छलफल हुँदा पनि सहमतिको प्रयास गर्न सकिन्छ भने कांग्रेस-एमालेले प्रष्ट भनेका छन् ।’

स्रोतका अनुसार सत्तारुढ दलका नेताहरुले ‘साझा प्रस्तावका कुनै विषयमा पछि हट्नु पर्ने हो भने पनि संविधानसभामा छलफल गरेर हटाउन सकिन्छ तर, सम्वाद समितिबाट फिर्ता हुन सक्दैन’ भन्ने प्रधानमन्त्री सुशील कोइरालाको सन्देश भट्टराईलाई सुनाएका छन् ।

माओवादी सभासद बस्नेतले भने सम्वाद समितिमा सहमति गरेर मात्र अघि बढ्नु पर्ने बताएका छन् ।

छलफलमा सभापति भट्टराईले भोलि शीर्ष नेताहरुबीच छलफल हुने र पर्सी सम्वाद समितिको बैठकले आवश्यक निर्णय गर्ने बताएका छन् । उनले भने-‘मैले अन्त्यसम्म पनि प्रमुख दलहरुका बीचमा प्रक्रियाकै विषयमा पनि सहमति नै गर्नुहोस् र जे विषयमा तपाईंहरु सहमति गर्नुहुन्छ त्यही सहमतिअनुसार म जान्छु भन्ने प्रतिवद्धता व्यक्त गरेको छु र गर्दछु ।’

कांग्रेस, एमाले, राप्रपासहितका दलले सात प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको नौंबुँदे साझा प्रस्ताव राखेका छन् । तर, एमाओवादी र मधेसवादी दलले भने प्रस्तावको विरोध गर्दै त्यसलाई संविधानसभामा पठाउन नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?