Comments Add Comment

मनाङमा यस वर्ष रु दुई करोडको स्याउ बिक्री

२८ कात्तिक, पोखरा । मनाङ जिल्लामा यस वर्ष रु दुई करोडको स्याउ बिक्री भएको छ । जिल्लामा यस वर्ष ६३० मेटि्रक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय मनाङका वरिष्ठ कृषि विकास अधिकृत हरिबहादुर केसीले बताए ।

Appleगत वर्ष जिल्लामा ७३० मेटि्रक टन स्याउ उत्पादन भएको थियो । गत वर्ष स्याउको मूल्य कम भएकाले कृषकले एक करोड ८० लाख रुपैयाँ आम्दानी गरेका थिए ।

स्याउको फूल फुल्ने बेलामा सुख्खा मौसम र प्रतिकूल वातावरणका कारण जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन ठीकै भएपनि तल्लो क्षेत्रमा स्याउका दाना पातला लागेकाले यस वर्ष उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै किन्ने गर्दछन् भने केही मात्रामा लमजुङको बेसीसहर र काठमाडौँमा बिक्रीका लागि पठाइने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा १८० हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फु गाविसमा भने स्याउखेती गरिँदैन ।

एक/दुई वर्षपछि जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन सुरुवात गरिएको छ । यसअघि बैतडी, जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment