Comments Add Comment

चन्दमाथि कारवाही गर्ने संस्थापनको तयारी

Biplab at butwal३० कात्तिक, काठमाडौ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले उत्कर्षमा पुगेको पार्टी विवाद हल गर्न अध्यक्ष मोहन वैद्यसँग दुई बुँदे सर्त राखेका छन् ।

आफू पक्षीय कार्यकर्ताको राष्ट्रिय भेलापछि चन्दले वैद्यसँग मंसिर भित्रै विशेष महाधिवेशन गर्न र वैकल्पिक केन्द्रीय सदस्यलाई मताधिकारको ब्यवस्था गर्नुपर्ने सर्त राखेको राजधानी दैनिकमा खबर छ ।

उनले महाधिवेशनबाट आफ्नो एकीकृत क्रान्तिको कार्यदिशालाई राजनीतिक कार्यदिशा बनाइनुपर्ने र ६ मंसिरमा बोलाइएको विस्तारित केन्द्रीय समिति वैठकमा वैकल्पिक केन्द्रीय सदस्यालाई पनि मताधिकार दिनुपर्ने प्रस्ताव वैद्यसँग राखेका छन् । आफ्ना दुवै सर्त मानेको खण्डमा मात्र केन्द्रीय समिति बैठकमा सहभागी हुने जनाउ चन्दले अध्यक्ष वैद्यलाई दिएका थिए ।

वैद्यले भने दुवै सर्तका विषयमा बैठकमै आई कुरा राख्न आग्रह गरेपछि चन्द पक्षले शनिवार बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेको छ । संस्थापनले चन्दको दुवै सर्त मान्न नसकिने जवाफ पनि दिएको छ ।

आफ्नै माग बमोजिम बोलाइएको यसअघिको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय समिति वैठक पनि चन्द पक्षले बहिष्कार गरेको थियो । ६ मंसिरमा बोलाइएको विस्तारित केन्द्रीय समितिको वैठकमा सहभागी हुन पनि चन्दले आफ्नो सर्त स्वीकार गर्नुपर्ने माग राखेका हुन् । तर संस्थापनले चन्दको प्रस्ताव मान्ने संकेत नदिएपछि सो बैठकमा चन्द पक्षको सहभागिताको विषय पनि अन्यौलमा परेको छ ।

संस्थापनले चन्द पक्षको सर्तलार्य स्वीकार गर्ने भन्दा पनि पार्टी बैठक बहिष्कार गर्दै समानान्तर गतिविधि अघि बढाएको आरोपमा कारबाहीको तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment