Comments Add Comment

‘कमेडी नाइट्स’का कपिल र सोनु निगम काठमाडौ आउने

kapil650_021714043436काठमाडौ । चर्चित भारतीय स्टाण्डअप कमेडियन एवं टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’का सञ्चालक कपिल शर्मा नेपाली दर्शकलाई हसाउन काठमाण्डौ आउने भएका छन् ।
एनसेलको आयोजनामा आउँदो २७ मंसिरमा हुने कार्यक्रम सहभागि हुनका लागि उनी नेपाल आउन लागेका हुन् ।
दशरग रंगशालामा हुने ‘पर्पलफेष्ट’ मा कपिल शर्माले नेपाली दर्शकलाई पेट मिचीमिची हसाँउनेछन् । कपिलले सञ्चालन गर्ने ‘कमेडी नाइट्स वीथ कपिल’ नेपाली दर्शकमाझ पनि लोकपि्रय छ ।
कार्यक्रममा गायक सोनु निगमले पनि आफ्ना विभिन्न चर्चित गीत प्रस्तुत गर्ने भएका छन् । उक्त कार्यक्रममा नेपाली कलाकारले पनि आफ्ना प्रस्तुति दिने छन् ।
हाँस्य कलाकार जीतु नेपाल, विल्सन विक्रम राइ, गायक सुगम पोखरेल र यमबुद्धले आफ्ना प्रस्तुति दिने छन् । कार्यक्रम दशरथ रंगशालामा हुने भएकाले निकै भब्य हुने आयोजक संस्थाले दाबी गरेको छ ।

कात्तिक ३० गतेदेखि मंसिर २६ गतेसम्म एक जिबी वा त्योभन्दा बढी डाटा एक्टिभेट गर्ने एनसेलका ग्राहकले काठमाडौँ उपत्यका र बनेपाको एनसेल सेन्टरबाट टिकट पाउने एनसेलले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment