Comments Add Comment

अपडेट : बहिनीको बिहेस्थल बाहिर सलमान बिरुद्ध सर्वसाधारणको नारावाजी

arpita-srk-salman-2

मुम्बई । बलिउडका चिर परिचित प्रतिद्वन्द्वी सलमान खान र शाहरुख खानले फेरि एकपटक अंगालो बाँधेका छन् ।

करिव ६ वर्ष बोलचाल बन्द गरेर बसेका यी दुई खानले अघिल्लो बर्ष गरेको अंकमाललाई धेरैले मिडिया स्टन्ड ठानेका थिए । तर, यसपटक उनीहरुले त्योभन्दा एक कदमअघि बढेर मित्रताको सन्देश दिएका छन् ।

सलमानकी बहिनी अर्पिता खानको बिबाहअघिको संगीत समारोहमा पुगेका शाहरुखले सलमानकी बहिनी अर्पितालाई चुम्बन गर्दै सलमानसँग अंकमाल गरे । सलमान र शाहरुख दुवैले एकैपटक अर्पितालाई चुम्दै गरेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । यो तस्वीर अर्पिताले पहिलोपटक आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

salmankhan-srk-arpita-1कुनै बेलाका असल मित्र थिए सलमान र शाहरुख । सलमानकी बहिनी अर्पितालाई शाहरुखले निकै माया गर्दथे पनि । अर्पिता आफ्नै काखमा हुर्किएको भन्दै शाहरुख उनको बिबाह समारोहमा सहभागी भएका हुन् । उनको बिबाह आयुश शर्मासँग मंगलवार हैदराबादमा हुँदैछ भने रिसेप्सन नोभेम्बर २१ मा मुम्बईमा हुनेछ ।

बहिनीको बिहेमा बुहारीसँग नाच्दै सलमान

अर्पिताको बिबाहलार्इ भब्य बनाउन सलमानले बुहारी मलाइका अरोरासँग नृत्य गर्ने भएका छन् । मंगलवार सम्पन्न हुने बिवाहलाई भब्य बनाउनकै लागि खान खान्दानले आफन्तहरुलार्इ निम्ता गरिसकेका छन् ।

वैवाहिक कार्यक्रमलाई रोचक बनाउनका लागि सलमान र मलाइकाका अतिरिक्त प्रसिद्ध नृत्य निर्देशक हेलेनको समेत विशेष प्रस्तुति रहने छ ।

नृत्यको कोरियोग्राफीका लागि निम्त्याइएकी हेलेन आफैले पनि नृत्य गर्ने भए पनि कुन गीतमा नृत्य गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । मलाइका र सलमानले भने आफ्ना केही चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।

 

सलमान विरुद्ध नारावाजी
अभिनेता सलमान खानकी बहिनी अर्पिता खानको आज मंगलवार विवाह हुँदैछ । ब्यबसायी आयुष शर्मासँग हुन लागेको बिबाहलाई भब्य बनाउन खान परिवारले फिल्म क्षेत्रका विभिन्न हस्तीहरुलाई निमन्त्रणा गरेका छन् । विवाहमा तीनसय पाहुना उपस्थित हुने भएका छन् ।
हैदरावादको फलकनु प्यालेस होटलमा आयोजित बैबाहिक समारोहलाई भब्य बनाउन खान परिवारले १८ र १९ नोभेम्बरका लागि सिंगै होटल बुक गरेका छन् । बहिनीको बिबाहमा सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निम्ता गरेका थिए । तर,मोदी आउने सम्भावना छैन ।
होटलमा बैबाहिक कार्यक्रम सुरु भएको केही बेरमै होटलबाहिर केही सर्वसाधारणले सलमान बिरुद्ध ‘मुम्बइ वापस जाओ’ भन्दै नारा लगाएका छन् । एक वर्ष अगाडी सलमानले धार्मिक भावनामा चोट पुर्‍याएको आरोप उनीमाथी लागेको थियो । अहिले केही मान्छेहरुले त्यहि प्रसंगलाई मुद्दा बनाएर नारा लगाएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment