अमेरिकी कम्पनी माइक्रोसफ्ट विश्वको दोश्रो मूल्यवान कम्पनी बन्न सफल भएको छ । नयाँ पम्रुख कार्यकारी सत्य नादेलाको सफल नेतृत्वमा माइक्रोसफ्टले एक्जोन मोबिललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचिमा आफुलाई दोश्रो स्थानमा चढाउन सफल भएको हो । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा भने एप्पल कम्पनी यथावत छ ।
सिइओ नादेलाले माइक्रोसफ्टको नेतृत्व लिएसँगै खर्च कटौती, अनावश्यक कर्मचारी कटौतीलाई अघि बढाउनुका साथै कम्पनीलाई मोबाइल प्रविधि तथा क्लाउड कम्प्युटिङ क्षेत्रमा केन्दि्रत गराउने नीति लिएका छन् ।
उनको यो प्रयास सफलीभूत समेत देखिएको छ र गएको शुक्रबार माइक्रोसफ्टको कूल बजार मूल्य ४ खर्ब १० अर्व पुग्यो । त्यो सँगै माइक्रोसफ्टले ४ खर्ब ४ अर्ब बजार मूल्य भएको एक्जोन मोबिललाई तेश्रो स्थानमा धकेल्न सफल भएको हो । तेलको मूल्यमा आएको गिरावटले एक्जोन मोबिलको बजार मूल्यमा पनि असर परेको समाचार संस्था एपीले जनाएको छ ।
माइक्रोसफ्टले रणनीतिक परिवर्तन गरेको भएपनि ओरालो लागिरहेको पर्सनल कम्प्युटरको बजारमा धेरै निर्भर रहेको माइक्रोसफ्टका लागि अझै चुनौति रहेको विश्लेषकले बताएका छन् ।
तर आइबिएम, एचपी तथा ओराकल जस्ता पूराना टेक कम्पनीले भन्दा माइक्रोसफ्ट मौकामा चौका हान्ने मामिलामा सफल हुँदै आएको विश्लेषकको भनाइ छ ।
विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको बजार मूल्य ६६८ बिलियन डलर रहेको छ । सन् १९९९ मा माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी हुँदा माइक्रोसफ्टको तत्कालिन बजार मूल्य भन्दा एप्पलको अहिलेको बजार मूल्य ६ सय १६ बिलियन डलरले बढि हो । सन् १९९९ मा सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टको शेयर मूल्य अर्को वर्षदेखि तिब्र रुपमा घटेपछि उसको बजार मूल्य खस्केको थियो ।
माइक्रोसफ्टका सिइओको रुपमा लामो कार्यकाल बिताएका स्टिभ बाल्मरको बहिर्गमन सँगै नेतृत्व सम्हालेका नादेलाले त्यसलगत्तै क्लाउड कम्प्युटिङको क्षेत्रलाई विस्तार गर्ने नयाँ योजनाको घोषणा गर्दै ग्राहकका कम्प्युटरमा इन्स्टल हुने सफटवेयरको परम्परागत व्यापारबाट माथि उठ्ने प्रयत्न गरेका थिए ।
माइक्रोसफ्टले आफ्नो ध्वजाबाहक विन्डोज अपरेटिङ सिस्टमलाई नयाँ स्वरुप दिने वाचा गर्दै स्मार्टफोन तथा ट्याब्लेटका साथै प्रतिस्पर्धी एप्पलका डिभाइसमा समेत चल्ने लोकप्रिय सफ्टवेयरका नयाँ भर्सन सार्वजनिक गरेको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4