Comments Add Comment

विज्ञापनमा दीपक र दीपाको बिहे

dipak-dipa-bihe
बास्तविक जीवनमा निक्कै मिल्ने साथी हाँस्यकलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाको बारेमा बजारमा चर्चा सधै नै भैरहन्छ । अविवाहित दीपा र विवाहित दीपकको सम्बन्धलाई सबैले आ-आफ्नै रुपमा चर्चा गरिरहन्छन् ।

नेपालमा दोश्रो बिहेका लागि कानुन नभएकाले पनि दीपकसँग बिहे गर्न नसक्ने तर्क दीपाले बारम्बार दिदै आएकी छिन् । ‘दीपकको बिहे नभएका भए उसँगै हुन्थ्यो’, दीपाले कैयौ पटक भनेकी छिन् ।

बास्तविक जीवनमा बिहे गर्न नसकेपनि दीपक र दीपाको जोडीले एक गाडीको विज्ञापनमा भने सपना पुरा गरेका छन् । निर्मल शर्माले निर्देशन गरेको विज्ञापनमा दीपक र दीपा बिबाह बन्धनमा बाधिएका हुन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रय बिहेको साक्षी बन्दै विज्ञापनमा देखिनेछन् ।

दीपक दुलाहा र दीपा दुलहीको पहिरनमा देखिएको दृश्य रोचक लाग्दो छ । मिडियामा चर्चा हुने भएकाले पनि निर्देशक शर्माले यस्तो कन्सेप्टमा विज्ञापन तयार गरेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment