मुम्बइ । ‘हामी आफ्नो फिल्ममा महिलाको चित्रण सही ढंगले गर्न सक्दैनौं । मलाई लाज एवं दुःख लाग्छ, मैले पनि केही फिल्ममा महिलाहरुको चित्त दुखाएको छु ।’
एक बृत्तचित्रको प्रमोशनका क्रममा मिडियासँग कुरा गर्दै अमिर खानले आफ्नै कामप्रति लज्जाबोध गरे । आम हिन्दी फिल्ममा प्रस्तुत गरिएको महिलाको चरित्रले धेरै कलाकार, निर्माता, निर्देशक र लेखकलाई लज्जित तुल्याएको उनको भनाइ थियो ।
‘अब समय आइसक्यो लेखक, निर्माता र नायकले आफैलाइ एक पटक प्रश्न गर्नुपर्छ के हामीले हाम्रा सन्तानलाइ सही शिक्षा दिएका छौं ?’ उनले भने ।
उनले टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ मा पनि यस्तै मुद्दा उठाएका थिए । बलिउड फिल्म उद्योग महिलाप्रति संवेदनशील नभएको आरोप लगाए उनले । हिन्दी फिल्ममा राखिने आइटम गीतले महिलाको मान मर्दन गरेको उनको भनाइ थियो ।
अमिरकै भनाइमा अन्य निर्देशकले समेत सहमति जनाएका छन् निर्देशक फरहान अख्तरका अनुसार ‘आइटम गीत अहिलेका दर्शकका लागि समेत लाज लाग्दो कुरा हो ।
फरहानकी बहिनी जोया अख्तर आइटम गीतको बाढी आउनुमा केबल बलिउडको मात्रै आलोचना गर्न नहुने बताउँछिन् । ‘आइटम गीतको बाढी आउनुमा दर्शक पनि उत्तिकै जिम्मेवार छन् ।’ उनले भनिन् ।
अभिनेता इमरान खान भने अमिरको भनाइसँग असहमति ब्यक्त गर्छन् । कट्टु कटेगा …बोलको गीत लेखक गीतकार आशिष पण्डित अमिरको कार्यक्रम हेरेपछि आफ्नो गीतले कसैले हेपेको थाह पाए । ‘पछि महसुस गरें मेरो गीतको आशय ठिक थिएन ।’ उनले स्वीकारे ।
ह्याप्पी न्यु इयरका संवाद लेखक मयुर पुरीले पनि अमिरको भनाइमा दम नभएको बताए । ‘हाम्रो काम भनेको दर्शकलाई मनोरञ्जन दिने हो हाम्रो अरु जिम्मेवारी छैन ।’ उनले भने ।
प्रतिक्रिया 4