४ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले विहीबार राजधानीमा गरेको ‘जनप्रदर्शन’मा विप्लव समूह सहभागी भएन ।
पार्टीका महासचिव बादल र सचिव देव गुरुङको नेतृत्वमा बसन्तपुरमा सभा भइरहेका बेला विप्लवले चाँहि सुकेधारास्थित ‘कार्की पार्टी प्यालेस’मा नेवा राज्यस्तरीय भेलालाई सम्बोधन गरिरहेका थिए ।
‘भेलामा उत्साहपूर्वक सहभागिता थियो, विप्लव पक्षका एक नेताले भने, ‘पार्टी प्यालेसमा खचाखच साथीहरुको एउटै माग थियो, अब लड्नुपर्छ ।’
बसन्तुपरमा आयोजना गरिएको कार्यक्रम आफूहरुसँग सल्लाह नगरी आयोजना गरिएकाले त्यहाँ सहभागी नभएको विप्लव समूहका नेताले बताएका छन् ।
माओवादीको संस्थापन पक्षले संविधानसभाको चुनाव भएको वर्ष दिन पुगेको सन्दर्भ पारेर ‘जन प्रदर्शन’ आयोजना गरेको थियो । माओवादी नेताहरुले संविधानसभा विघटन गरी राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्ने माग गरेका छन् ।
विरोध प्रदर्शनका केही दृश्यहरु
प्रतिक्रिया 4