+
+
Shares

जनसम्पर्कसमिति बार्सिलोनाको अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ५ गते ९:१६

बार्सिलोना । स्पेनको बार्सिलोनामा आगामी साता हुने भनिएको नेपाली जनसम्पर्क समितिको अधिवेशन स्थगित भएको छ ।

नेपाली जनसम्पर्क समिति युरोपको गत मे मा नेदरल्याण्डमा भएको युरोपेली क्षेत्रीय भेलाले आगामी नोभेम्बर २० र ३० गते बार्सिलोनामा आयोजना गरेको दोस्रो अधिवेशन विशेष कारण वस स्थगित भएको नेपाली जनसम्पर्क समिति युरोपले जनाएको छ ।

युरोपेली क्षेत्रका केही देशहरुमा नेपाली जनसम्पर्क समितिहरु गठन भई नसकेको हुँदा जनसम्पर्क समिति युरोपको अधिवेशन गर्दा युरोप महादेशबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको ब्यवस्था गर्न कठिन हुने भएकाले अधिवेशन स्थगित गरिएको नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिलबहादुर गुरुङ र महामन्त्री गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?