Comments Add Comment

सार्कका नेता र परिवारको भ्रमण मन्दिर र दरबारमा

Saarc६ मंसिर, काठमाडौ । नेपाल आएकै दिन सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको घुमघामको कार्यक्रम तय भएको छ । श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ टोग्बेको भ्रमण तय भएको नयाँ पत्रिकामा खबर छ ।
सार्क सम्मेलनमा आउने प्रथम महिला तथा उनीहरुका परिवारलाई सरकारले भक्तपुर दरबार घुमाउने भएको छ । ११ मंसिरमा उनीहरुलाई न्यातपोल होटेलमा चिया र कुकिज खुवाउने कार्यक्रम राखिएको छ । प्रथम महिला र राष्ट्र प्रमुखका परिवारलाई पनि सरकारले भीभीआईपी सरह सुरक्षा दिनेछ । उनीहरुका लागि नेपाली सेनाबाट पीएसओ खटिनेछन् ।
खाजा भारतीय प्रधानमन्त्री मोदी पाटन घुम्न जाने कार्यक्रम बनेको छ । मोदी पाटन दरबार, संग्राहलय तथा कृष्ण मन्दिर घुम्ने तय भएको स्रोतले जनाएको छ ।
जनकपुर हुँदै आए पनि वा दिल्ली सिधै आए पनि उनको पाटन जाने कार्यक्रम संसोधन भएको छैन । ९ मंसिरको दिउँसो काठमाडौ आएपछि उनी सोल्टी होटेलमा केही समय आराम गर्नेछन् । त्यहाँबाट लैनचौरस्थित भारतीय दूतावास जाने र त्यसपछि पाटन घुम्न जाने कार्यक्रम छ ।
स्रोतका अनुसार पाटन घुमेपछि उनले ट्रमा सेन्टर उद्घाटन गर्नेछन् । ट्रमा सेन्टर भारत सरकारले बनाएको हो ।
त्यस्तै, श्रीलंकाका राष्ट्रपति राजापाक्षे ९ मंसिरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेलगत्तै त्यहीबाट लुम्बिनी जानेछन् । उनको टिमले लुम्बिनीमै लञ्च गर्ने र बेलुका फर्किने कार्यक्रम छ । राजापाक्षेको टोलीमा ८० जना छन् ।
त्यस्तै, भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेको ९ गते नै स्वयम्भू, बौद्ध र पशुपति मन्दिर घुुम्न जाने कार्यक्रम छ । टोग्बो यसअघि आकस्मिक रुपमा नेपाल आउँदा पनि स्यम्भू घुम्न गएका थिए ।
अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरुको अनौपचारिक कार्यक्रम भने तय भएको छैन । भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिर दर्शन गर्न जाने सम्भावना छ । तर, उपत्यका बाहिरको कार्यक्रम निश्चित नभएकाले पशुपति दर्शन पनि तय हुन सकेको छैन । १० गतेबाट सुरु हुने सार्क सम्मेलनमा भाग लिन सवै राष्ट्र तथा सरकार प्रमुख ९ गते नै नेपाल आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment