मुम्बइ । राजकुमार हिरानीको फिल्म ‘पिके’ मा काम गरेकी अनुष्का शर्मालाई अमिर खानसँग काम गर्ने अवसर ६ वर्षपछि मात्रै मिल्यो । अनुष्काकै कारण यो मौका गुमेको थियो ।
अनुष्का स्वयंले अमिर खानसँग काम गर्ने अवसर गुमाएको सार्वजनिक गरेकी थिइन् । हिन्दी फिल्म ‘पिके’ को प्रमोशनमा ब्यस्त रहेकी अनुश्काको भनाइअनुसार हिरानीको फिल्म ‘थ्री इडियट्स’ मा अनुष्काले पनि अडिशन दिएकी थिइन् तर, नायिकाको रुपमा छनौट हुन सकिनन् ।
त्यति वेला दुई सय युवती अडिसनमा सहभागी थिए । अन्तिममा करिना कपुर हिरोइनको रुपमा छनौट भएकी थिइन् ।
अनुष्काले अडिसन दिएको र अडिसनमा छानिन नसकेको कुरा अमिर खान र हिरानीलाई थाह थिएन ।
जब ‘पिके’ को सुटिङ सुरु भयो, सुटिङका क्रममा फुर्सद भएको बेला गफ गर्दै गर्दा अनुष्काले भनिन-‘तपाइहरुलाइ थाह छ ? मैले ‘थि्र इडियट्स’ अडिसन दिएकी थिएँ नि ।’
सुनेर हिरानी र आमिर दुवै छक्क परे ।
प्रतिक्रिया 4