Comments Add Comment

८० बर्ष पुरानो नाटकमा नम्रता श्रेष्ठ

namrata-call-girl-in-tandav
काठमाडौ । धेरैजसो कलाकार रंगमञ्च हुँदै ठूलो पर्दाको खडकिलो चढ्छन अनि नाम र दुवै कमाउँछन् । तर, नायिका नम्रता श्रेष्ठको यात्रा भने फरक छ ।
मोडलिङ हुँदै ठूलो पर्दामा जमेकी नम्रतालाई यतिखेर रंगमञ्चको भोक जागेको छ । यसअघि दुईवटा नाटकमा अभिनय गरिसकेकी उनी यतिबेला तेस्रो नाटकमा अभिनय गर्दैछिन् ।

स्पेनी नाटककार फ्रेडेरिको गार्सियोले लोर्काले लेखेको नाटक ‘यर्मा’ मा अभिनय गर्न लागेकी छिन् नम्रता ।
‘यर्मा’ ८० वर्ष पुरानो नाटक हो । ‘यर्मा’ को नेपाली अर्थ हुन्छ बच्चा जन्माउन नकसकेकी बाँझी आइमाइ । जुन नाटक मञ्चनको ब्यबस्था बिमल सुवेदीले गरेका छन् ।

स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने यो नाटकले नेपाली परिवेश पनि चित्रण गर्ने नम्रताको बुझाइ छ । स्पेनको तत्कालिन समयको गृहयुद्ध र संस्कृतिलाई अहिलेको नेपाली समाजसँग चित्रण गर्ने प्रयाश गरिएको छ ।

यसमा राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारी लगायतको अभिनय रहने छ ।

विदेशी भाषामा लेखिएका तर, नेपाली भाषामा अनुवाद गरिएको नाटकमा अभिनय गर्दा कतिपय प्रसंगलाई ठ्याक्कै उतार्न अप्ठयारो हुने उनको बुझाइ छ । गैर नेपाली भाषा र परिवेशमा लेखिएको नाटकलाइ जस्ताको तस्तै उतार्न गार्‍हो हुने उनको अनुभव छ । त्यो अप्ठयारोको सामना त्यसमा काम गर्ने कलाकारले पनि झेल्नुपर्छ ।

‘हामै मुलुकका राइटरले लेख्नु भएको नाटकमा काम गर्दा हामी हाम्रै परिवेशमा रमाएर काम गर्न पाउछौं’ उनी भन्छिन ‘त्यसरि काम गर्दा हरेक दृष्यलाई जीवन्त बनाउन सकिन्छ ।

गुरुकुलकी नियमित दर्शक

नेपाली नाटकमा अभिनय गर्न नपाए पनि उनी नियमित दर्शक भने हुन् । ‘पहिला त म नाटक हेर्दिन थिएँ तर, सानो संसारमा काम गर्न थालेपछि नियमित हेर्न थालेँ ।’ नम्रताले भनिन् ।

गुरुकुलमा मञ्चन भएको र सौगात मल्लले अभिनय गरेका प्रायः नाटक उनले छुटाइनन् । नाटक हेर्नकै लागि मण्डला थिएटर पनि गएकी छिन् । नाटकमा काम गर्दा धेरै दिन वर्कसप हुने हुँदा बढी मेहनत गर्नुपर्ने र त्यसमा अभिनय गर्नुको मज्जा पनि विषेश हुने उनको अनुभव छ ।

सबै फिल्ममा सुटिङ अघि वर्कसप हुँदैन । तर, नाटकमा अनिवार्य वर्कसप हुन्छ । त्यसकारण पनि कलाकारले मन फुकाएर अभिनय गर्ने अवसर पाउछन् ।

नेपालमा नाटक भविष्य निकै उज्जवल छ जस्तो लाग्छ उनलाई । उनको बुझाइमा हाम्रो मुलुकमा मनोरञ्जनको माध्यम असाध्यै सिमित छ । फिल्म बाहेक मनोरञ्जनका अरु माध्यम नभएकाले पनि नाटकप्रति हरेक वर्ष दर्शक बढे जस्तो लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment