पाकिस्तानको एक अदालतले अभिनेत्री विना मलिकलाई २६ वर्षको जेल सजाय सुनाएको छ ।
गिलगित-बाल्टिस्तानको आतंकवाद निरोधक अदालतले विना र जियो टीभीका मालिक मीर शकीलुर रहमानलाई २६ वर्षको जेल सजाय सुनाएको हो । रहमानलाई १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार जीयो टीभीमा प्रसारित एक कार्यक्रममा धार्मिक गीतमा विना मलिकले आफ्नो पतिसँग नृत्य गरेको देखिएको थियो ।
अदालतले आफ्नो आदेशमा भनेको छ-‘आरोपीहरुको कार्यले मुसलमानहरुको धार्मिक भावनामा आहत भएको छ । यस्तो कार्यलाई गम्भीर रुपमा लिन जरुरी छ । यसलाई रोक्न कडा सजाय जरुरी छ ।’
अदालतको फैसलापछि पनि विना मलिक र जियो टीभीका मालिक पक्राउ पर्ने सम्भावना भने निकै कम रहेको बीबीसीले जनाएको छ ।
गिलगित-बाल्टिस्तानले पाकिस्तानमा पूर्ण प्रान्तको दर्जा पाएको छैन र त्यहाँको अदालतको आदेश पूरा पमकिस्तानमा लागू हुँदैन ।
प्रतिक्रिया 4