Comments Add Comment

फेसबुकले बदल्दैछ आफ्नो नीति, के हुनेछ परिवर्तन ?

Facebook-privacy

विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो नीति तथा शर्तहरुमा परिवर्तन ल्याउँदैछ ।

फेसबुकले सम्पूर्ण प्रयोगकर्तालाई आउँदो जनवरी १ देखि आफ्ना नीति तथा शर्तहरुमा परिवर्तन गर्न लागेको सूचना दिएको छ । तपार्इँले आफ्नो फेसबुक अकाउण्टको नोटिफिकेसन चेक गर्नुभयो भने त्यो देख्न पाउनुहुनेछ ।

फेसबुकका अनुसार प्रयोगकर्तालाई फेसबुकको प्रयोग गर्नका लागि टिप्स दिइनेछ र ती टिप्सले फेसबुक प्रयोगलाई मार्गनिर्देश गर्नेछन् । यसले प्रयोगकर्तालाई फेसबुकले कसरी काम गर्छ तथा आफ्नो सूचनामा कसरी नियन्त्रण गर्ने भन्ने कुरा सिक्न सहयोग गर्नेछ । फेसबुकका अनुसार निम्नानुसारका विषयमा हुनेछ परिवर्तन :

आधारभूत गोपनियता (प्राइभेसी बेसिक्स)-

यसका माध्यमबाट प्रयोगकर्तालाई बताइनेछ की उनीहरु कस्तो प्रकारले फेसबुकमा आफ्नो सूचना तथा जानकारीमा नियन्त्रण कायम गर्न सक्छन् । उदाहरणका लागि प्रयोगकर्ताले अनट्यागिङ, अनफ्रेन्डिङ तथा ब्लकिङका बारेमा जान्नेछन् । साथै आफ्ना हरेक पोस्टहरु कसलाई हेर्न दिने भन्ने कुराको तय गर्ने विषय पनि सिक्न पाउनेछन् । यो जानकारी ३६ भाषामा उपलब्ध हुनेछ ।

तपाइँको नजिक के भैरहेको छ ?
फेसबुकले तपाइँलाई अब यस्तो विषयमा पनि जानकारी दिनेछ जुन तपाइँको लागि जान्नु आवश्यक हुन्छ । यो जानकारी तपाइँ भएको स्थान अर्थात् लोकेसनको आधारमा दिइनेछ । उदाहरणका लागि यदि तपाइँ आफ्नो फेसबुकमा लोकेसन शेयर गर्नुभयो भने तपाइँको फेसबुक अकाउण्टमा त्यसठाउँका रेष्टुरेन्टको मेनू, सिनेमा हलहरु, पुस्तकालय लगायतका विषयमा जानकारी उपलब्ध हुनेछ ।

खरीद गर्न हुनेछ सजिलो

फेसबुकले आफ्नो Buy बटनको परीक्षण गरिरहेको छ । जसको मद्दतले फेसबुक लगआउट नगरीकनै अनलाइनमार्फत किनमेल गर्न सकिनेछ । यसका साथै फेसबुकले पैसाको कारोबार अर्थात् मनी ट्रान्जेक्सनलाई समेत सजिलो बनाउने विषयमा गृहकार्य गरिरहेको छ ।

फेसबुक परिवारको बारेमा जानकारी

पछिल्ला केही वर्षमा फेसबुकको विस्तार तिब्ररुपमा भैरहेको छ । फेसबुकले आफ्ना प्रयोगकर्तालाई आफ्नो कम्पनी, एप्स तथा सेवाका बारेमा जानकारी दिन चाहन्छ । उदाहरणका लागि यदि तपाइँ इन्स्टाग्रामको पासवर्ड बिर्सनुभयो भने आफ्नो फेसबुक अकाउण्टको जानकारीका मद्धतले इन्स्टाग्रामको पासवर्ड पुनःप्राप्ति गर्न सक्नुहुन्छ ।

तपाइँ र विज्ञापन

प्रायः मानिसहरु यो जान्न चाहन्छन् की विज्ञापनदाताहरुसँग उनीहरुका बारेका जानकारी कसरी शेयर हुन्छन् । फेसबुकले आफ्ना प्रयोगकर्तालाई जानकारी नदिइकन उनीहरुका फेसबुक वालमा आफुखुसी विज्ञापन प्रवाह गर्ने गर्छ ।

तर, अब भने फेसबुकले आफ्ना प्रयोगकर्तालाई आफुले नचाहेको विज्ञापन हेर्न नपर्ने छनोट गर्ने अवसर दिनेछ । तपाइँले आफुले फेसबुक चलाउँदा फेसबुक वालमा कस्तो प्रकारको विज्ञापन नआओस् भन्ने चाहनुहुन्छ त्यसलाई अब फेसबुकले देखाइदिनेछैन र तपाइँको छनौटको विज्ञापन मात्र प्रदर्शन गरिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment