१० मंसिर, बेरुत । सिरियामा इस्लामिस्ट स्टेट (आइएस) समूहद्धारा स्वघोषित राजधानी राकामा सिरियाली शासक समूहले गरेको हवाई आक्रमणमा कम्तीमा ९५ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ ।
आक्रमणको क्रममा मारिएका कम्तीमा ५२ जना सर्वसाधारण नागरिक छन् । तर, बुधबार भएको हवाई आक्रमणमा मारिएका जिहादी हो या सर्वासधारण सो भने पुष्टि नभएको जनाइएको छ ।
केही हवाई आक्रमण आइएस नियन्त्रण जमाएको स्थानलाई लक्ष्यगरी गरिएको बेलायतसँग आवद्ध अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताउनु भएको छ ।
राका सिरियाली शासकबाट नियन्त्रण गुमेको पहिलो प्रान्तीय राजधानी हो ।राकामा जिहादी समूह विरुद्ध अमेरिकासँगआवद्ध हवाई आक्रमण पनि बारम्बार हुने गरेको छ । रासस /एएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4