Comments Add Comment

तामाकोशीको सेयरका लागि स्थानीयको तथ्यांक संकलन सुरु

Tamakoshi-Hydropower

११ मंसिर काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनमा सेयर लगानीका लागि बिहीबारदेखि स्थानीयवासीको तथ्यांक संकलन गर्न थालिएको छ ।

जिल्लाभरका नागरिकको स्पष्ट तथ्यांक नभएका कारण जिल्ला विकास समितिले तथ्यांक संकलन गर्न लागेको जनाएको छ । आयोजनाबाट स्थानीयबासीले १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर पाउनेछन् ।

जिल्लाका राजनीतिक दलहरुले सर्वसाधारणको तथ्यांक संकलन गरेर मात्र सेयर निश्कासन गर्न दवाद दिएपछि जिविसले लगत संकलनमा लागेको हो ।

पुसको अत्यसम्ममा तथ्यांक संकलन गरिसक्ने जिविसले जनाएको छ । माघदेखि सेयर निश्कासन प्रक्रिया अघि बढाइनेछ ।

आयोजनाले सेयर निष्कासन तथा विक्री प्रवन्धकका लागि नागरिक लगानी कोषलाई नियुक्ति गरिसकेको छ । दशैअघि नै सेयर निष्कासन गर्ने तयारी गरेपनि निष्कासन मोडालिटीमा विरोध भएपछि सेयर निष्काशन पछि धकेलिएको हो ।

नेपाल विद्युत प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६, नागरिक लगानी कोष २, राष्ट्रिय बिमा संस्थान २, कर्मचारी संचय कोषका संचयकर्ता १७.२८, सर्वसाधारणलाई १५ र आयोजना ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई २.८८ तथा विद्युत प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत सेयर पाउनेछन् ।

दोलखाको लामाबगरमा निर्माणाधिन तामाकोसी आयोजनाको ७० प्रतिशत काम पुरा भइसकेको छ । अहिलेसम्म ऋण र संस्थापकहरुको सेयरले मात्र आयोजनाका काम भइरहेको छ । आयोजनाको कूल लागत ३९ अर्ब रुपैयाँ लाग्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment