Comments Add Comment

गढीमाईमा करोडौंको कारोबार, पूजारी भन्छन्-सबै चाहिन्छ

GADHIMAI-TEMPLE-AT-BARA-NEP१२ मंसिर, काठमाडौं । पाँच वर्षमा एकपटक लाग्ने बाराको गढीमाई मेलामा करोडौंको आम्दानी हुने गरेको छ । मेलामा उठ्ने भेटी पुजारी र व्यवस्थापनले भागवण्डा गर्ने भएपछि पूजारीले आफूले सबै पाउनुपर्ने भन्दै गुनासो गरेका छन् ।

समय क्रमसँगै गढीमाईको आम्दानीको स्रोत पनि बढ्दै गइरहेको छ । समितिका अध्यक्ष रामचन्द्र साह गत वर्षभन्दा यस वर्ष गढीमाई मेलाबाट राम्रो आम्दानी हुने विश्वास व्यक्त गर्छन् ।

करोडौंको ठेक्का

स्रोतका अनुसार गढीमाईमा यस वर्ष ३ करोड ६ लाख भन्दा बढीको ठेक्का लागेको छ ।

यस वर्ष राँगाको ठेक्का १ करोड ६० लाखमा कबोल भएको छ । त्यस्तै मनोरञ्जन ठेक्का ६१ लाखमा लागेको छ ।

मेलामा पसल राख्नका लागि जग्गा ठेक्का ४१ लाखमा सकार भएको छ । गाडी पार्किङ्ग ४ लाख ४५ हजार रुपैयाँमा ठेक्का लागेको व्यवस्थापकले बताएका छन् ।

GADHI-MAI-AT-BARA-NEPALभेटी बाँडफाँड

यसवर्ष भक्तजनहरुले गढीमाई मन्दिरमा चढाएको भेटी संरक्षणका लागि ४० लाख ५० हजार रुपैयाँमा भेटी संरक्षण ठेक्का लगाएको समितिले जानकारी दिएको छ ।

समितिले भेटी संरक्षणका नाममा मन्दिरमा चढाइएको भेटीबाट ५९ प्रतिशत रकम समितिलाई र बाँकी रहेको ४१ प्रतिशत पुजारीलाई दिने सहमति गरेको छ ।

तर, विगत ११ पुस्ता देखि गढीमाईको पूजापाठ गर्दै आइरहेका पुजारी पुस्ताका शिव चौधरी थारुले भने गढीमाईमा चढ्ने सबै भेटी अहिलेसम्म आफूहरुले एकलौटी भोग गर्दै आएको बताए । भेटी बाँडफाड गरेर इतिहास परिवर्तन गरिएको भन्दै उनले गुनासो गरे ।

आम्दानी करोडौं, पूर्वाधार छैन

गढीमाईको मेलामा ३ करोड हाराहारी आम्दानी भए पनि भक्तजनको सुविधाका लागि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन । गढीमाईमा बधबाला, बाटो, गाडी पार्किङ र अन्य व्यवस्थापकीय सुधार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment