+
+

एनएमबी बैंकले २१.५ प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते ९:५२

NMB-bank-nepal-GAएनएमबी बैंक लिमिटेडको बार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको २१.५ प्रतिशत लाभांस दिने भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा शुक्रबार बसेको १९ औं बाषिर्क साधारणसभाले बैंकको गत आर्थिक वर्ष २०७०/७१ को वितरण योग्य नाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनश शेयर तथा कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ पूर्वाञ्चल क्षेत्रको पाथिभरा बिकास बैंक लि. र पश्चिमाञ्चल क्षेत्रको भृकुटी डेभलपमेन्ट बैंक लि. एनएमबि बैंक लिमिटेडमा गाभिने सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भैसकेको छ ।
साथै बैंकले मलेशियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पनि प्राप्त गरिसकेको छ ।

बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राखी हाल सम्म २९ वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर र ३३ वटा एटिएम मार्फत सेवा प्रदान गरीरहेको छ । त्यसैगरी विभिन्न सामाजिक कार्यहरुमा बैंकको संलग्नता विगतमा झैं समिक्षा वर्षमा पनि रहेको बैंकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?