Comments Add Comment

तीन महिनामा हायात होटलको नाफा ४ करोड

 Hayat hotel१४ मंसिर काठमाडौं । तारागाउँ रिजेन्सी (हायात) होटलले आर्थिक वर्ष २०७१/०७२ को असोज मसान्तसम्ममा ४ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७०/०७१ मा भने होटलले २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

होटलले चालू आवको असोज मसान्तसम्म ४० करोड रुपैयाँ सञ्चित नोक्सान छ । गत वर्षको नाफाबाट होटलले २१ करोड रुपैयाँ सञ्चित नोक्सान घटाएको छ ।

असोज मसान्तमा होटलको प्रतिसेयर आम्दानी २.१२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ८८.३७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment