Comments Add Comment

एचआईभी एड्ससम्बन्धी केही रोचक तथ्य

पछिल्ला दिनमा विश्वभर इबोलाको संक्रमण र चिन्ता चुलिएको भए पनि सन् २०१३ मा पनि एड्स नै विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्या बनिरहेको छ ।

HIVसन् १९८१ मा यो रोग पत्ता लागेयता विश्वभर तीन करोड ९० लाख मानिसले एचआईभी एड्सका कारण ज्यान गुमाइसकेका छन् । सन् २०१३ मा मात्र विश्वभर करिव १५ लाख मानिसले एचआइभीजन्य रोगबाट ज्यान गुमाएका छन् ।

सन् २०१३ अन्त्यसम्ममा विश्वभर करिव ३ करोड ५० लाख मानिस एचआइभी संक्रमितको अवस्थामा छन् । झण्डै २१ लाख मानिस एक बर्षको अवधिमा नयाँ संक्रमित थपिए ।

अफ्रिकन महादेश सबैभन्दा धेरै एचआइभी पीडित क्षेत्र हो । जहाँ झण्डै २ करोड ४७ लाख मानिस संक्रमित छन् । नयाँ संक्रमितमध्ये झण्डै ७० प्रतिशत यही क्षेत्रका छन् ।

अहिलेसम्म एचआईभी एड्सको कुनै उपचार पत्ता लागेको छैन, तर औषधिको सेवनले संक्रमित मानिसले आफ्नो आयु लम्बाउन सक्छन् ।
एआइभी विधिमार्फत् सन् २०१३ मा करिव १ करोड २९ लाख संक्रमितसम्म औषधिको पहुँच पुगेको छ । जसमध्ये झण्डै १ करोड १७ लाख मानिस न्यून आय भएका छन् ।

एड्सको सुरुवात अफि्रकी मुलुकबाट भई अन्य क्षेत्रमा विस्तार भएको मानिन्छ । पहिचान भएको १० बर्षभित्र एड्स संसारभर फैलिएको मानिन्छ ।

सन् १९६९ मा मृत्यु भएका अफ्रिकी मुलका अमेरिकी १६ बषिर्य किशोर रोबर्टलाई एड्सबाट ज्यान गुमाउने पहिलो बिरामी मानिन्छ । त्यतिबेला उनको मृत्युको कारण नखुलेपछि पछि एडसबाटै ज्यान गुमाउन पुगेको दाबी गरिएको थियो ।

एड्सलाई अमेरिकाभर फैलाउन भूमिका खेल्ने गेतान दुगस भएको विश्वास गरिन्छ । उनी समलिंगी थिए, उनका करिव २ हजार ५ सय सेक्स पार्टनर रहेको विश्वास गरिन्छ । तर, एड्स फैलाउने उनी नै ‘प्यासेन्ट जिरो’ थिए भन्ने विषयमा पर्याप्त विवाद छन् ।

मानिसमा एड्सको महामारी फैलिएजसरी बिरालोमा पनि एभआइभी नामक रोगको महामारी फैलिएको छ । जसले गर्दा अहिले बैज्ञानिकहरुले एआइभीका विषयमा अनुसन्धान गरिरहेका छन् । बिरालोमाथि गरिएका प्रयोगले एड्सको उपचारविधि पनि विकास हुने उनीहरुको विश्वास छ ।

जब सन् १९८० को दशकमा एडस महामारीका रुपमा फैलियो, तत्कालीन रुस सरकारले यसलाई साम्राज्यवादी अमेरिकी रोगका रुपमा ब्याख्या गर्‍यो । त्यही प्रचारका कारण अहिले पनि बुढो पुस्ताका रुसी नागरिक एड्सलाई अमेरिकी रोगका रुपमा विश्वास गर्छन् ।

स्रोतः विश्व स्वास्थ्य संगठन, र्‍यान्डम हिष्ट्रीडु समथिङ डटओआरजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment