+
+
Shares

सवारी दुर्घटनामा कांग्रेस सभासदसहित चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते १४:१७

१७ मंसिर, बाग्लुङ । बाग्लुङको भकुण्डे गाविसमा बुधबार विहान जिप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभासद हरि खड्का सहित चार जना घाइते भएका छन् ।

ग १ झ २२४ नम्वरको ‘पिकअप जिप’ बुधबार विहान साढे ११ बजेतिर भकुन्डे-९ कमिरे भन्ने स्थानमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याइएको छ । सभासद खड्काको टाउकोमा चोट लागेको र नाकबाट रगत बगिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

खड्का बाग्लुङ क्षेत्र नम्बर १ बाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?