+
+
Shares

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीका १२ सन्देश

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई सरकारको प्राथमिकताबारे पहिलोपटक संयुक्त रूपमा ब्रिफिङ दिएका छन्।
  • प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारसँग सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
  • उनले १२ मुख्य सन्देशमा मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ पार्ने, नेपाली नागरिकको सुरक्षा प्राथमिकता, शान्तिलाई साझा प्राथमिकता राख्ने र राजनीतिक स्थायित्व कायम राख्ने कुरा समावेश गरे।

२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगकमा प्रमुखहरूलाई सरकारको प्राथमकिताबारे जानकारी दिएका छन् । सन्तुलित र व्यावहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने उल्लेख गर्दे १२ वटा सन्देश स्पष्ट रूपमा देखिएका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए ।

सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?