Comments Add Comment

माछासँग सुत्ने हो ? अफ्रिकामा खुल्यो समुद्रमुनि होटेल

samudra 1समुद्रको पानीमुनि माछा पौडिएको हेर्दै सुत्ने चाहना कसको हुँदैन र ? यहीँ चाहनालाई मूर्तरुप दिँदै अपि|mका महादेशको तान्जानियामा समुद्रमुनिको होटल संचालनमा आएको छ ।
अपि|mकाको पहिलो अण्डरवाटर होटल तान्जानियाको जंजिबारस्थित दुर्गम पेम्बा टापु क्षेत्रमा खुलेको हो ।
तिनतले यो होटलको भान्साकोठा तथा उपल्लो तला पानी माथि भएपनि सुत्नेकोठा भने पूरै पानी मुनि डुबेको छ ।
त्यसैले बेडरुममा मज्जाले सुतेर सिसायुक्त झ्यालबाट सामुदि्रक जिवनको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ ।
दी मन्टा रिसोर्ट नाम दिइएको यो होटेलको तल्लो तला समुद्रको ४ मिटर तलसम्म डुबेको छ ।
यो होटलमा एक रात बिताउनका लागि ९ सय डलर तिर्नुपर्छ । यदि जोडी बनेर जाने हो भने १५ सय डलर तिरेर रातभर समुद्रका माछाले जोडी बाँधेको सुतेरै अवलोकन गर्न पाइन्छ ।
जंजिबारमा खुलेको यो जलगत होटल विश्वको दोश्रो अण्डरवाटर होटल हो ।
यो होटल स्विडिस कलाकार माइकेल गेनबर्गले गरेका हुन् । जसले विश्वको पहिलो अण्डरवाटर होटल समेत बनाएका थिए । विश्वको पहिलो पानीमुनिको होटल स्विडेनको एक तलाउमा रहेको छ ।

samudra 2 samudra 3

यस्तो छ पानीमुनिको होटलको मनमोहक दृश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment