Comments Add Comment

थप्पड हान्नेलाई गौहर खानको जवाफ-‘कुनै मुर्खको सल्लाह जरुरी छैन’

Gauhar-Khan copy
मुम्बई । छोटो लुगा लगाएको भन्दै एक सर्वसाधारणबाट थप्पड खाएकी रियालिटी शो ‘बीग बोस ७’ कि बिजेता गौहर खानले आफुलाई थप्पह हान्नेलाई मुर्ख मान्छेको संज्ञा दिएकी छिन् । ‘मैले कस्तो लुगा लगाउने भन्नेमा कुनै मुर्खको सल्लाह जरुरी छैन ।’ उनले भनिन् ।

थप्पड खाएको तीन दिनपछि मुख खोलेकी गौहरले कहाँ जाँदा कस्तो लुगा लगाउने भन्नेमा हरेक मान्छेको आफ्नै मर्जी हुनुपर्ने बताएकी छिन् ।

गौहरलाई दर्शकले थप्पड मारेको पुष्टि गर्दै मुम्बइ प्रहरीले गौरहलाई थप्पड मार्नु अघि उसले हात लगाउने कोशिस गरेको बताउँदै प्रहरीले भनेको छ- ‘उ निकै चिच्याइरहेको थियो । मुसलमान भएर यति छोटो कपडा लगाउने ? भन्दै जोडले कराउँदै थियो ।’

गौहर खानले थप्पड खाएपछि प्रहरीले मोहम्मद अकिल मलिक नाम गरेको ब्यक्तिलाई पक्राउ गरेको छ ।

गौहरले भने कुनै पनि युवतीले आफ्नो मर्जी अनुसार पोशाक छान्न पाउनुपर्ने भन्दै धर्मको नाममा आफ्नो क्रुर आचरण प्रस्तुत नगर्न आग्रह गरेकी छिन् ।

यहि सन्दर्भमा सामाजिक सञ्जालहरुमा आफुलाई समर्थन गर्ने प्रसंसकलाई धन्यवाद दिएकी छिन् उनले । साथै यस्ता जंगली ब्यबहार प्रस्तुत गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment