Comments Add Comment

जेसीबीले भित्रायो नयाँ ‘ब्याक्हो लोडर’

JCB-backho-lodar

जेसीबी कन्स्ट्रक्सन हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्सले नयाँ ब्याक्हो लोडर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले इन्धनमा किफायती ‘जेसीबी थि्रडीएक्स ४डब्लूडी ब्याक्हो लोडर’ नेपालमा ल्याएको हो । यो ब्याक्हो लोडर मजबुत हुनुका साथै कम इन्धन खपत गर्ने, उच्च उत्पादनशीता, कम मर्मत संहार खर्च तथा सहज सञ्चालनजस्ता विशेषताहरु रहेका छन् ।

जेसीबी ब्याक्हो लोडर, एक्साभेटर, लोडर कम्याक्टर र लिफ्टलमा मजबुतत्ता, कम इन्धन खपत, उच्च उत्पादनशीलता, कम मर्मत संहार खर्च, सहज सञ्चालन र बिक्री पछिको उत्कृष्ट सेवाले गर्दा नम्बर वान ब्रान्ड बन्न सफल भएको कम्पनीको दाबी छ ।

जेसीबीका हेभी इक्विपमेन्टहरु वातावरणमैत्री रहेका छन् । जेसीबीले आफ्नै इञ्जिन, एक्सेल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन उत्पादन गर्ने हुनाले वान विन्डो सपोर्ट उपलब्ध गराउन सक्षम भएको हो ।

एमएडब्लूले नेपालमा ९ वटा शाखासँगै १५० कर्मचारी तथा दक्ष सीपयूक्त इञ्जिनियरबाट सेवा प्रदान गरिरहेको छ । जेसीबीले अहिले विश्वका १५० देशमा २२ भन्दा बढी फ्याक्ट्रीबाट ३ सय भन्दा बढी प्रकारका मेसीनहरु उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment