Comments Add Comment

बबरमहलमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

Babarmahal-accident

२१ मंसिर, काठमाडौं । आइतबार साँझ काठमाडौंको बबरमहलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालिका शान्ता हमालको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीहरुले बताए अनुसार स्कुटरलाई ठक्कर दिएपछि पनि चालकले बस रोकनन् । झण्डै दुई सय मिटरसम्म स्कुटर गाडीमुनी अडि्कएर घिसारिएको थियो ।

यात्रुहरुले बस रोक्न आग्रह गर्दा समेत चालकले सामान्य समस्या हो भन्दै टारेका थिए । बस रोकिएपछि आक्रोसित समूहले बसमा तोडफोड गरेका छन् ।

Babarmahal-accident 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment