Comments Add Comment

महिमा भन्छिन्-अलिअलि सेक्सी हुनै पर्छ तर, नाङ्गीनेले बद्नाम गरे

mahima-silwal 1
काठमाडौं । बर्षमा केही फिल्मले मात्र राम्रो गरे पनि नयाँ-नयाँ अनुहारहरु नेपाली फिल्म उद्योगमा ठूला सपना बोकेर छिरिरहेका छन् ।

छिटो चर्चामा आउने महत्वकांक्षा पुरा गर्न नयाँ हिरोइनहरु जस्तो पनि हर्कत गर्न पछि पर्दैनन् । त्यसैले त नेपाली सिनेमाहरुमा ‘ग्ल्यामर’भन्दा पनि ‘भल्गारिटी’ बढि देखिन्छ ।

नव नायिका महिमा सिलवाल पनि यो कुरामा सहमत छिन् ।

‘कतिपय केटीहरुले ग्ल्यामरको नाममा आफुलाइ भल्गर रुपमा प्रस्तुत गरेकाले पनि हाम्रा विषयमा मान्छेहरुले नराम्रो कुरा गर्छन् ।’ अनलाइनखबरसंग कुरा गर्दै महिमाले भनिन् ।
mahima 1नेपालमा हिरोइनको कमाइ राम्रै भएपनि केही युवतीको बद्मासीका कारण समाजको हेराइ नकारात्मक भएको अनुभव गरेकी छिन् उनले ।

तर, यिनै महिमा छोटो लुगा लगाएर क्यामेरा अगाडी उभिने मामलामा भने निकै अगाडी छिन् ।

मिसन फोर ट्वान्टी लगायतका फिल्ममा निकै छोटो लुगा लगाएर प्रस्तुत भएकी महिमाले आफुले कहिल्यै भद्दा अभिनय नगरेको दाबी गर्छिन् ।

‘हिरोइन भएपछि अलिकति सेक्सी त हुनैपर्छ तर, भल्गर हुन हुन्न ।’ महिमाले भनिन् ‘त्यो फिल्ममा मेरो सुन्दरता प्रस्तुत भएको छ भल्गारीटि छैन ।’

फिल्ममा धनीमानीका छोरा पट्याउने एउटी चालु युवतीको भुमिका निर्वाह गरेकी महिमा त्यस्तो भुमिकामा पनि आफु सम्वेदनशील भएको बताइन् । ‘मिसन फेर ट्वान्टीमा चाहेको भए म पनि भल्गर रुपमा प्रस्तुत हुन सक्थें, तर, त्यस्तो गरिन ।’ उनले भनिन् ।

ऋषि न्यौपाने निर्देशित चलचित्र ‘बादशाह’ को सुटिङ सकेकी महिमा सिलवाल केही दिन फुर्सदमा छिन् । ‘एक दुई नयाँ प्रोजेक्टमा कुरा भइरहेको छ काम सुरु नहुन्जेन फुर्सदमा छु ।’ महिमाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment