Comments Add Comment

प्रेस युनियनले भवन बनाउन जग्गा माग्यो

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनले कार्यालय भवन निर्माणका लागि सरकारसँग जग्गा मागेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देल नेतृत्वको टोलीले मंगलबार सहरी विकास मन्त्री डा. नारायण खड्कालाई जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव बुझाएको हो ।

‘नेपालका हजारौँ प्रजातन्त्रवादी सञ्चारकर्मीको साझा संस्थाका रुपमा रहेको युनियनको हालसम्म आˆनै कार्यालय भवन नभएकाले आफ्ना क्रियाकलाप अगाडि बढाउन अप्ठयारो भइरहेको’ भन्दै जग्गा उपलब्ध गराइदिन माग गरिएको छ ।

स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको पत्रकारिताको संस्थागत विकासका लागि स्थापनाकालदेखि गर्दै आएको प्रयासको कदर गर्न पनि सरकारले युनियनको आˆनै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुपर्ने अध्यक्ष सिग्देलले बताए ।

मन्त्री खड्काले युनियनको मागप्रति आफू पूर्ण सकारात्मक रहेेको बताए । भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारका तर्फबाट जति सक्दो चाँडो पहल गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment