Comments Add Comment

‘झोला’ पछि गरिमालाई हेर्ने दर्शक खोई त ?

garima-panta
चलचित्र ‘झोला’ले व्यवसायीक रुपमा नाफा कमाउँदा सर्वाधिक चर्चा नायिका गरिमा पन्तको नै भयो । गरिमाले ‘सार्क फिल्म फेस्टिबल’मा उत्कृष्ट नायिकाको अवार्ड जितेपछि त उनी एकाएक उचाइमा पुगिन् ।

तर, ‘झोला’ले पाएको चर्चालाई निरन्तरता दिन गरिमालाई अप्ठ्यारो परेको देखिन्छ । यसपछि, उनले अभिनय गरेका २ चलचित्रले लगातार व्यापार गर्न सकेनन् । चलचित्र ‘ठूली’ र ‘रंग बैजनी’ गरिमाकै कारण चल्ने अपेक्षा धेरैमा थियो । तर, गरिमालाई हेर्न ‘ठूली’मा त केही दर्शक आए तर ‘रंग बैजनी’को व्यापार कमजोर देखिएको छ ।

नेपालमा चलचित्रमा अभिनय गर्ने कलाकारलाई हेरेर दर्शक हलसम्म गएको देखिदैन । यसैले, हिजोआज चलचित्र चल्नका लागि कथावस्तु नै उत्कृष्ट हुनुपर्छ भन्ने आवाज चलचित्रकर्मीकै मुखबाट सुनिन थालिएको छ ।

दुई चलचत्रिले निरन्तर कमजोर व्यापार गर्दा गरिमालाई धक्का लागेको छ । यसैले गरिमा भन्न थालेकी छिन्–‘चलचित्रको कथा हेर्दा राम्रो लाग्छ । पर्दामा आउँदा ३० प्रतिशत पनि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment