
२४ मंसिर, काठमाडौं । माघ ८ मा संविधान जारी हुने सम्भावना कम भैरहेकोबेला राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुसँग राजनीतिक परामर्श तिव्र पारेका छन् ।
उनले बुधबार विहान एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।
राष्ट्रपति यादवले प्रचण्डलाई शितल निवासमा बोलाएर माघ ८ को समयसीमा भित्रै नयाँ संविधान जारी गर्न सुझाव दिएका थिए । भेटवार्तामा राष्ट्रपतिले तोकिएकै मितिमा संविधान आउँछ की आउँदैन भनेर चासो र चिन्ता व्यक्त गरेको प्रचण्डले सन्चारकर्मीले जानकारी दिए ।
आफूले दलहरुबीच सहमतिको प्रयास जारी रहेको र माघ ८ मै संविधान ल्याउन भैरहेको प्रयासबारे जानकारी गराएको प्रचण्डले बताए ।
राष्ट्रपतिले बुधबार कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग पनि छलफल गर्ने तयारी गरेका छन् । उनले मंगलबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सदभावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरेका थिए ।
प्रतिक्रिया 4