+
+
Shares

साहरुखलाई आफ्नै घर भित्र छिर्न नदिएपछि

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २४ गते १४:३४

srk-home
बलिउडका सुपरस्टार नायक साहरुख खान आफ्नै घर भित्र छिर्न पाएनन् भन्ने खबर सुन्दा तपाइलाई पनि अचम्म लाग्ला । तर, मंगलबार उनको सर्वाधिक चर्चित घर ‘मन्नत’ अगाडि यस्तै भयो ।

साहरुखलाई उनको घरमा छिर्नका लागि सुरक्षागार्डले रोके । तर, साहरुख पर्दामा मात्र आफ्नो घर भित्र प्रवेश गर्न नपाएका हुन् । यतिबेला साहरुख आफ्नो नयाँ चलचित्र ‘फ्यान’को छायांकनमा व्यस्त छन् ।

चलचित्रमा साहरुखको दोहोरो भूमिका छ । चलचित्रमा सुपरस्टार साहरुख र उनको फ्यान बन्ने साहरुखको कथालाई उठान गरिएको छ । एक दृश्यमा सुपरस्टार साहरुखको घर फ्यान साहरुख प्रवेश गर्न लागेको देखाइन्छ । उक्त दृश्यको छायांकनका क्रममा साहरुखलाई आफ्नै घर भित्र प्रवेश नदिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?