Comments Add Comment

‘माला’मा प्रियंकाको डरलाग्दो रुप

priyanka-karki
आफ्नै चलचित्रको पत्रकार सम्मेलनमा कार्यक्रम सकिएपछि आएकी नायिका प्रियंका कार्कीलाई पोजमा फोटो खिचाउँन भने हतारो नै प¥यो । नायक आर्यन सिग्देल भने घाइते भएरपनि समयमा नै आइपुगेका थिए ।

आर्यन र प्रियंका अभिनित चलचित्र ‘माला’ फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउँदैछ । सुदिप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रका कार्यकारी निर्माता शिशिर राना हुन् ।

चलचित्रमा प्रमोद कार्कीको छायांकन, किशोर कार्की र बनिष विक्रम शाहको सम्पादन छ । नक्षत्र फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर भनिएको छ । priyanka-and-aaryan

चलचित्रमा सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, सुनिता ठाकुर लगायतका कलाकारको पनि अभिनय छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले ‘माला’ आफूले लामो समयसम्म संझने चलचित्र भएको बताए । निर्माता शिशिर राणाले चलचित्र तयार गरेर मात्र बाहिर जानकारी गराएको बताए ।

कार्यक्रममा चलचित्रको टिजर र ट्रेलर पनि सार्वजनिक गरिएको थियो । ट्रेलरमा नायिका प्रियंका कार्कीलाई डरलाग्दो अवतारमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment