Comments Add Comment

सन् २०१४, ‘सेल्फी वर्ष’ घोषित

selfie

माइक्रोब्लगिङ साइट टि्वटरले चालु वर्ष सन् २०१४ लाई सेल्फी वर्ष घोषणा गरेको छ ।

टाइम पत्रिकाले यो वर्षका २५ उत्कृष्ट आविष्कारका रुपमा सेल्फी लौरोलाई समेत समावेश गरेको दुर्इ हप्ता बित्न नपाउँदै टि्वटरले सिंगो वर्षलाई नै सेल्फी वर्ष घोषणा गरेको हो ।

टि्वटरको सन् २०१४ को ‘ टप ट्रेन्ड’ का रुपमा सेल्फी पर्न सफल भएको छ । यो वर्ष सेल्फी selfie  भन्ने शव्द ९ करोड २० लाख पटक मेन्सन भएको छ, जुन अघिल्लो वर्षको भन्दा १२ गुणा बढि हो ।

यसैबीच ओस्कार विजेता सेलिब्रेटीहरुको सामूहिक सेल्फीले टि्वटरमा सबैभन्दा बढि रिटि्वट भएको इतिहास रचेको छ । चर्चित अमेरिकी टेलिभिजन सेलिब्रेटी एलेन डिजेनेर्सले अपलोड गरेको यो सेल्फी तस्वीर ३० लाखभन्दा बढि पटक रिटि्वट मात्र भएन यसका कारण टि्वटरको आधिकारिक साइट समेत केहीबेर क्र्यास भएको थियो ।

टि्वटरमा यो वर्ष आफ्नै कपाल उखेल्ने रोगबाट ग्रसित एक युवतीको सेल्फी भिडियो पनि निकै चर्चित बन्यो ।

त्यस्तै इजिप्टका पूर्व शासक होस्नी मुबारकको सेल्फीप्रतिको आक्रोस पनि निकै चर्चित बन्यो यो वर्ष ।

त्यस्तै सेल्फी बाहेक यो वर्ष टि्वटरमा सर्वाधिक चर्चामा रहेको विषय विश्वकप फुटबल बन्यो । ब्राजिलमा भएको विश्वकप फुटबलका विषयमा यो वर्ष ६७ करोड भनदा बढि पटक टि्वट भयो । विश्वकपले फेसबुकमा पनि टप ट्रेण्डको रुपमा आफुलाई स्थापित गर्न सफल भयो ।

ब्राजिलको चुनाव, आइस बकेट च्यालेन्ज तथा गाजाको द्वन्द पनि यो वर्ष टि्वटरका टप टेन ट्रेण्डको रुपमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment