Comments Add Comment

कपाल खौरिएर पण्डित बने ‘अलबिदा’का खान

hasan-khan
चलचित्र ‘अलबिदा’का कलाकार तथा निर्माता हसन खानले कपाल खौरिएर पण्डित बनेका छन् । वुधबार छायांकन गरिएका चलचित्रको एक दृश्यमा हसनको नयाा गेटअप देखिएको हो ।

यो चलचित्रमा आर्यन सिग्देल भने मुस्लिम धर्म मान्ने एक प्रेमीको भूमिकामा देखिएका छन् । हसन वास्तविक जीवनमा मुस्लिम धर्म मान्छन् । तर, चलचित्रका लागि उनले आफ्नो कपाल खौरिएर पण्डित बनेका हुन् ।

पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा अनिता आचार्य दुई नायकको बिचमा देखिनेछिन् । लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, ताराप्रकाश लिम्बुको संगीत छ ।hasan-khan-pandit

हसन खान पण्डित बनेसागै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । मुस्लिम र हिन्दु धर्म मान्ने यूवा-यूवतीको प्रेममा यो चलचित्र घुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment