+
+

बालुवाटारमा सुशील कोइरालामाथि नै कारवाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १५:५०

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइरालामाथि नै कारवाहीको माग भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले अनुशासन समितिले कारवाही गर्न सिफारिस गरेका सुजाता कोइरालालाई सार्क सम्मेलनमा ‘फष्ट लेडी’ बनाएकोमा प्रश्न उठाएका हुन् ।

sushil koiralaकोइरालालाई कारवाही नगर्ने हो भने अनुशासन समितिलाई नै कारवाही गर्नुपर्ने उनको तर्क थियो । कारवाही सिफारिस गरेकालाई ‘फष्ट लेडी’ बनाएपछि अनुशासन समितिले गल्ती गरेको रहेछ भन्नुपर्‍यो’ आङदम्बेले भने ।

बैठकमा नेताहरुले अनुशासन समितिको सिफारिस र पुनरावलोकनका लागि परेको सिफारिसबारे जानकारीसमेत माग गरेका छन् ।

बिहीबारको बैठकमा प्रकाशरण महत, फरमुल्लाह मन्सुर, गोपालमान श्रेष्ठसहितका नेताहरुले बोलेका थिए ।

आमोदप्रसाद उपाध्याय संयोजक रहेको अनुशासन समितिले संविधानसभा चुनावमा पार्टी उम्मेदवारलाई सहयोग नगरेको भन्दै केन्द्रीय सदस्य एवं सभासद सुजाता कोइरालालाई निलम्वन गर्न सिफारिस गरेको थियो ।

तर, सुजाता कोइरालाले आफूमाथि पूर्वाग्रहीरुपमा सिफारिस भएको भन्दै विरोध गर्दै आएकी छन् ।

केन्द्रीय कार्य समितिको बैठकमा क्रियाशील सदस्यता नवीकरण, हालै घोषित नगरपालिकामा पार्टी संगठन निर्माण लगायतका एजेण्डा छन् । कांग्रेस सदस्यता नवीकरणको म्याद मंसिर मसान्तसम्म छ । केन्द्रीय कार्य समितिको बैठकमा संविधान निर्माण र समसामयिक एजेण्डा पनि छन् ।

बैठक सुरु गरेर सभापति कोइराला प्रहरीको कार्यक्रममा जानुछ भन्दै रामचन्द्र पौडेललाई अध्यक्षता गराएर बाहिरिएका थिए । उनी कार्यक्रम सकेर फेरि बैठकमा आएका थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहान फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?