+
+

‘फर्की फर्की’ ११ अमेरिकी शहरमा रिलिज

वितरक भन्छन्- अमेरिकामा अनमोलको अहिलेसम्मकै बिग रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते २१:४५

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ शुक्रबारदेखि अमेरिकामा रिलिज भएको छ । शुक्रबारदेखि यो फेन्टासी फिल्म ११ अमेरिका सहरका हलमा प्रदर्शनमा आएको वितरण कम्पनी नेपाल एलेभेन इन्टरटेनमेन्टले जनाएको छ ।

टेक्ससको युलेसस्थित सिनेपोलिस, मिजौरीको सेन्ट लुईसस्थित रोनिज सिनेमा, मिनेसोटाको ओकडेलस्थित ओकडेल १७, नेब्रास्काको ओमाहास्थित म्याजेस्टिक ओमाहा १९ हलमा फिल्म रिलिज भएको छ ।

साथै, आयोहाको साइकामोर १२, ओहायोको कोलम्बसस्थित पिकरिङटाउन १७, नर्थ डाकोटाको फार्गोस्थित वेस्ट एक्रेस १४, ओहायोको मेफिल्ड हाइट्सस्थित एट्लस इस्टडेट १०, क्यालिफोर्नियाको लुकउडस्थित स्ट्रेट सिनेमाज र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोस्थित रेड सिनेमाजमा फिल्म रिलिज भएको हो ।

ड्यालसमा दैनिक ३ शोज र लस-एन्जलसमा दैनिक ४ शोजसहित फिल्म प्रदर्शन हुनेछ ।

अर्को सातादेखि थप १५ सहरमा फिल्म रिलिज हुने वितरण कम्पनी नेपाल एलेभेन इन्टरटेनमेन्टका प्रमुख प्याट्रिक सुवेदीले जानकारी दिए । अर्को साता सनफ्रान्सिस्को, सिकागो, न्यूयोर्क, मेरिल्यान्ड, विसकन्सिन र टेक्सासका विभिन्न सहरमा फिल्म रिलिज हुने जनाइएको छ ।

‘अंग्र्रेजी फिल्मको बाबजुद यो फिल्मले राम्रो शोज संख्यासहित ओपनिङ भएको छ’ अनलाइनखबरसँग उनले भने, ‘अनमोल केसीको फिल्मको यो अमेरिकामा अहिलेसम्मकै ठूलो ओपनिङ हो ।’

बुद्ध जयन्तीको अवसरमा नेपाल र मध्यपूर्वमा यो फिल्म रिलिज भैसकेको छ । मध्यपूर्वमा यसलाई रमेश ढकालले रिलिज गरेका हुन् । नेपालमा यसले उत्साहजनक ओपनिङ गरेको छ । शनिबार र मंगलबार गणतन्त्र दिवसको सार्वजनिक बिदा भएकाले पनि यसले राम्रो कमाई गर्न सक्ने अनुमान छ ।

सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका छ । रोहित अधिकारीले यो फिल्म निर्माण गरेका हुन् । दर्शकले यो फिल्मलाई अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय रहेको भन्दै प्रशंसा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?