Comments Add Comment

निर्देशक भन्छन- झरनाको आँखा नशालु, अनु शाह रुन्चे

Jharana N Nandita
नेपाली हिरोइनका थरि-थरि फ्यान छन् । कसैलाई झरना बज्राचार्य निकै राम्री लाग्ला त सकैलाई प्रियंका कार्की हट एण्ड सेक्सी । करिष्मा मानन्धरदेखि पछिल्लो समयकी अकेशा विष्ट सम्मका आफ्नैखाले प्रसंसक छन् ।
१६५ बढी भिडियो निर्देशन गरेका कृष्णदेब रुपाखेतीलाई कुन हिरोइन कस्तो लाग्दो हो ? अनलाइनखबरले सोधेको प्रश्नको जवाफ दिंदै उनले भने-‘झरना बज्राचार्यको आँखा सार्‍है नशालु ।’
आफुले काम गरेका मध्ये झरना सबै भन्दा मिलनसार र ब्यबसायिक कलाकार लाग्छ उनलाई । ‘परिवेशवारे एकपटक जानकारी दिएपछि केही भन्नै पर्दैन ।’ उनले भने ।
कालो ड्रेसमा झरनालाई सेक्सी देख्ने कृष्णदेव अर्की हिरोइन पि्रयंका कार्कीको क्षमतवाट पनि उत्तिकै प्रभावित रहेछन् । नचिनुन्जेल पि्रयंका हावा केटी जस्तो लाग्थ्यो उनलाई ।
काम गरेपछि थाह पाए ‘अभिनयमा असाध्यै गम्भिर रहिछन् उनी । उनको बुझाइमा पि्रयंकाले काम गर्दा कहिल्यै हतार भयो भन्दिनन् । राती २ बजोस् वा ३ । ढुक्कले काम गर्ने वानी छ उनको । उनको बोल्ने शैलिवाट प्रभावित यी निर्देशक उनको अभिनय र नृत्य राम्रो भएको बताए ।
अनु रुन्चे Anu and Priyanka
नन्दिता केसीनिकै राम्री लाग्छ कृष्णदेबलाई । नन्दिताको नृत्यवाट प्रभावित छन् उनी । उनको बोली बचनको पनि तारीफ गरे । काम गर्दा कहिल्यै नरिसाउने नन्दितालाई जुन सुकै उमेरका पुरुषको हिरोइन बनाउँदा पनि सुहाउँछ जस्तो लाग्छ उनलाई ।
‘मैले त भिडियोमा आनन्द कार्कीको हिरोइन बनाएको थिएँ, १६ वर्ष तन्नेरीसँग नाचेको पनि सुहाउँछ उनलाई ।’ कृष्णदेव भन्छन । विभिन्न भिडियोमा काम गर्ने क्रममा धेरै पुरुषसंग नाचेकी नन्दितालाई पनि सुहाउने डे्रसचाँही सारी नै हो भने लाग्छ उनलाई ।
भर्खरै हो उनले अनु शाहसँग काम गरेको । उनको नृत्य र अभिनयवाट सन्तुष्ट यी निर्देशक रुवाइवाट प्रभावित रहेछन् । सेन्टिमेन्टल गीतका लागि अनु पर्फ]{ट भएको धारणा राख्ने उनले भने ‘अनु त सार्‍है रुन्चे रहिछन, आँशु झार्नका लागि ग्लीसिरिन नै नचाहिने ।’
उनको रुवाइ निकै प्राकृतिक हुन्छ रे । यी निर्देशकको भनाइमा संवाद सुनेर आँशु झार्न सक्ने हिरोइनको अनुहार क्यामेरामा हेर्दा जो सुकै दर्शकलाइ मज्जा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment