+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सार्वजनिक यातायातमा महिलाको आरक्षण सीटबारे तपाईको धारणा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १८:१६

सार्वजनिक यातायातका साधनमा महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि अलग्गै सीट छुट्याइएका छन् । तर, महिलाका सीटमा पुरुष बस्ने गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि यसबारे सार्वजनिक बहसको थालनी भएको छ ।

Mahila seat (13)

महिलाका लागि छुट्याइएको सीटमा पुरुषहरु बस्नु सभ्यता विपरीत हुने धेरै मानिसहरुको भनाइ छ । कतिपयले चाँहि समान अधिकारको माग गर्ने महिलाहरुले बेग्लै सीटको माग गर्नु जायज नहुने तर्क गरेका छन् । केही मानिसहरुले महिला वा पुरुष जो भए पनि युवा पुस्ताका यात्रुले बिरामी, बच्चा बोकेका मानिस र वृद्धवृद्धालाई सीट छाडिदिनु उपयुक्त हुने तर्क अघि सारेका छन् ।

सार्वजनिक यातायातमा महिलाका लागि छुट्याइएका सीटबारे तपाईको प्रतिक्रिया के छ ?

१. महिलाका लागि सीट छुट्याउनु राम्रो हो । विदेशमा पनि यस्तो प्रचलन छ । महिलाका लागि छुट्याइएको सीटमा बस्न सभ्य पुरुषलाई सुहाउँदैन । सभ्य समाजमा नारीलाई सम्मान गर्नुपर्छ ।

२. बराबर अधिकार माग गर्ने महिलाका लागि गाडीमा आरक्षण सीट छुट्याइराख्न जरुरी छैन । ज्येष्ठ नागरिक र अशक्तका लागि मात्रै छुट्याए पुग्छ ।

३. बच्चा बोकेका महिलालाई सीट छाडिदिने या बच्चा बोकिदिने चलन पुरुषहरुले गरेकै छन् । तर, युवतीलाई आरक्षण सीट नभए पनि हुन्छ । महिला वा पुरुष जो भए पनि वृद्धवृद्धा, वालबच्चा र अशक्तलाई सीट छाडिदिने संस्कारको विकास गरौं । कुनै वृद्ध या बिरामी पुरुष उभिएको देखेमा महिलाले पनि सीट छाडिदिए हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?