Comments Add Comment

सरकारद्वारा यातायात क्षेत्र सुधारका लागि समिति गठन

२५ मंसिर, काठमाडौं । सरकारले यातायात क्षेत्र सुधार तथा दुर्घटना न्यूनिकरणका लागि समिति गठन गरेको छ ।

shihadarwarमन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यातायात व्यवस्था मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल प्रहरीका एआइजी, कानून मन्त्रालयका सहसचिव रहेको समिति गठन गरेको हो ।

समितिमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहनेछन ।

समितिले तीन चरणमा प्रतिवेदन बुझाउनेछ । समितिलाई सुरूमा तत्काल कार्यान्वयन गर्नु पर्ने, सात दिनभित्र सुधार गर्नु पर्ने विषय र १५ दिनभित्र दुर्घटना न्यूनिकरण तथा यातायात क्षेत्र सुधारका लागि दिर्घकालिन योजना समेटिएको प्रतिवेदन बुझाउनु भनिएको छ ।

सरकारले हालैका दिनमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । साथै घाइतेहरूको उपचार खर्च व्यहोर्ने भएको छ ।

सरकारले चालक अनुमति पत्रका लागि विद्यमान प्रावधान परिमार्जन गरी कडा बनाउने निर्णय गरेको कानूनमन्त्री नरहरि आचार्यले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संस्कृतिविद् सत्यमोहन जोशीको उपचार खर्त व्यहोर्ने निर्णय गरेको छ । छातीमा समस्या भएपछि तीन दिनअघि ९६ वर्षीय जोशीलाई बल्खुस्थित बयोदा अस्पताल भर्ना भएका छन् ।

बैठकले उखुलाई राष्ट्रिय बाली घोषणा गरेको छ । साथै दुग्ध विकास संस्थानमा गंगा तिमित्सिना, कृषि सामाग्रीमा अमरराज खयर र राष्ट्रिय विउविजन विभागको महाप्रवन्धकमा धर्मराज अधिकारीलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment