Comments Add Comment

वैद्य र चन्द दुवैले पाएनन थबाङको साथ

mohan-baidya-ra-biplop

२६ मंसिर, काठमाडौं । राजनीतिमा सँधै एकै कित्तामा उभिँदै आएका रोल्पा थबाङका जनता नेकपा-माओवादीबाट आएको विभाजनमा कतै नलाग्ने निर्णयमा पुगेका छन् ।

झन्डै ६ दशकभन्दा लामो समयदेखि कम्युनिष्ट दर्शनमा प्रशिक्षित भई सिंगा गाउँ एक ठाउँमा उभिँदै आएका थबाङबासी विगत तीन वर्षयता नेकपा-माओवादीको पक्षमा खुलेका थिए । तर, माओवादीमा आएको पछिल्लो विभाजनमा भने आफूलाई कतै नखुलाई तटस्थको नीति लिएर दुवै माओवादीलाई साथ नदिने जनाउँदै ‘पर्ख र हेर’ को रणनीति अवलम्बन गरेका छन ।

दोस्रो संविधानसभा निर्वाचनमा बहिष्कारको आह्वान गरेको नेकपा-माओवादीलाई साथ दिई शुन्य मतदान गरेका त्यहाँका जनताले पटकपटक भएको माओवादी विभाजनलाई स्वीकार गर्न नसकेको राजधानीमा खबर छ ।

सदरमुकाम लिवाङमा विभाजित माओवादीका दुवै पक्षका केन्द्रीय नेतालाई बोलाएर उनीहरुले थबाङको एकता बचाउन केही वर्ष तटस्थ रही ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने जनाउसमेत दिएका छन् । माओवादी विभाजनपछि रोल्पामा कसरी जाने भन्ने विषयमा थबाङ, जेलबाङलगायतका क्षेत्रका जनताले दुवै माओवादीका केन्द्रीय नेताहरुलाई गत शुक्रबार सदरमुकाममा बोलाएर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment