Comments Add Comment

निःशुल्क रगतको मूल्य बढाउने प्रस्ताव

२७ मंसिर, काठमाडौं । दाताहरुबाट निःशुल्क प्राप्त रगतको सरकारले मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय प्राविधिक सल्लाहकार समिति (एनट्याग) को सिफारिसमा राष्ट्रिय रक्तसञ्चार व्यरोले मूल्य बढाउने तयारी गरेको हो ।

blood
एनट्यागले रगतको मूल्य प्रतिपिन्ट सात सय ८० रुपैयाँदेखि एक हजार दुई सय २० रुपैयाँसम्म पुर्‍याउन सिफारिस गरेको छ । अहिले केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले ६ सय ७५ रुपैयाँमा (साधारण परीक्षण गरिएको तथा रक्ततत्व छुट्याइएको) रगत उपलब्ध गराउने गर्छ । सरकारले अस्पताललाई भने ब्लड बैंकले पाँच सय २५ रुपैयाँमै उपलब्ध गराउँछ । प्रस्तावअनुसार एक पिन्ट रगतमा अब कम्तीमा एक सय पाँच रुपैयाँ बढ्ने नयाँ पत्रिकामा खबर छ ।

हाल केन्द्रीयबाहेकका अन्य ब्लड बैंक र अस्पतालले रगतको आफूखुसी मूल्य तोक्ने गरेका छन् । सरकारी अस्पताल गंगालाल हृदय केन्द्रले त साधारण परीक्षण गरिएको र गतको एक हजार छ सय ३० रुपैयाँसम्म लिने गरेको छ ।

रक्तदाताहरुको विरोध

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचारीले रगतको मूल्य बढाउने तयारीप्रति आफूहरुको पूर्ण रुपमा असहमति रहेको भन्दै यसको कार्यान्वयन कुनै हालतमा हुन नसक्ने बताए । उनले आफूहरु दानबाट प्राप्त रगतको विवरण पूर्ण रुपमा निःशुल्क हुनुपर्ने अभियानमा लागेको भन्दै त्यसका लागि सरकारले तयारी गर्नसमेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment