Comments Add Comment

कोरियाको उत्कृष्ट अर्गनाइजेशनलाई पुरस्कृत गरिने

सउल । दक्षिण कोरियामा सक्रिय संघ संस्थामध्येबाट उत्कृष्ट संस्थालाई बेस्ट अर्गनाईजेशन अवार्ड प्रदान गरिने भएको छ ।

दक्षिण कोरियाबाट संचालित परदेशी लाईफ अनलाइनले आफ्नो पाँचौ वाषिर्क उत्सवको अवसरमा सउलमा गर्न लागेको अन्तरक्रिया कार्यक्रमकाबीच दक्षिण कोरियामा सक्रिय संघसंस्थामध्येबाट उत्कृष्ट संस्थालाई ‘बेस्ट अर्गनाईजेशन अवार्ड’ प्रदान गर्न लागेको हो ।

दक्षिण कोरियामा रहेर सक्रिय रहेका संघसंस्थालाई आफ्नो संस्थाको कम्तीमा दुई वर्षको प्रोफाईल तथा विवरण आगामी डिसेम्बर २१ सम्म पठाउन पनि सो संस्थाले आग्रह गरेको छ । विदेशी भूमिमा रहेर नेपालीको लागि परोपकार तथा सामाजिक अभियानमा कार्य गरेका संघ संस्थालाई हौसला प्रदान गर्न यस्तो सम्मान गर्न लागेको पनि आयोजकले जनाएको छ ।

यस्तै, सो अनलाइनले आफ्नो वाषिर्क उत्सवको अवसरमा ‘दोश्रो परदेशी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानीमा सउलमा जनवरी ४ तारिखमा गरिने कार्यक्रममा सो पुरस्कारको घोषणा गरिने बताइएको छ ।

यसैगरी वेष्ट अर्गनाईजेशन अवार्ड प्राप्त गर्ने संस्थाको नाम मिलाउने एक व्यक्तिलाई समेत पुरस्कृत गरिने हुदा आफ्नो विचार पठाउन सकिने आयोजकले जनाएको छ ।

–अशोक पोखरेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment