Comments Add Comment

बेलायती सेनाको उच्च नेतृत्वमा पुगे नेपाली

लण्डन । गुल्मी लिम्घाका यमबहादुर राना बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफि्टनेण्ट कर्णेलमा छानिएका छन् ।

यो पदमा पुग्ने उनी नेपाली मूलका तेस्रो नेपाली हुन् भने सेकेण्ड लेफि्टनेण्ट (स्याण्डहस्र्ट) कोर्स नगरी यो पदमा पुग्ने पहिलो नेपली हुन् ।

yam-ranaयसअघि लालबहादुर पुन र विजय रावत पनि लेफि्टनेण्ट कर्णेल भएका थिए तर, उनीहरु स्याण्डहस्ट कोर्स गरेर फड्के हान्दै सेकेण्ड लेफि्टनेण्ट बनेका हुन् भने राना एकपछि अर्को पदमा बढुवा भएका हुन् ।

बेलायत आर्मीको बढुवा समितिले रानालाई यो पदका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी गत वर्षदेखि नै बढुवाको सूचीमा थिए ।

बढुवाको निर्णयपछि रानाले बेलायतबाट सञ्चालित न्यूज पोर्टल वी नेपालीसँग भने-‘मलाई व्यक्तिगत रुपमा त सफलता महसुस हुने नै भयो । त्यो भन्दा पनि भावी पिँढीका लागि एउटा आँट र हौसला दिन सकेँजस्तो लाग्छ ।’

आमाको करले सेनामा भर्ती

काठमाडौं महाराजगञ्जमा मेडिकल कलेज पढ्दापढ्दै सन् १९८१ को जनवरीमा उनी सेनामा भर्ती भएका थिए ।

आफूलाई मिलिटरी पृष्ठभूमिबाट आएको भन्न रुचाउने रानाक हजुरबुबा पहिलो विश्वयुद्ध लडेका थिए । पिता दोस्रो विश्वयुद्धका साक्षी ।

चिकित्सक बन्न लागेका रानालाई लाहुरे बनाउने जोड भने उनकी आमाको थियो । २०३६ सालतिर विद्यार्थी आन्दोलनका कारण कलेज बन्द भइरहेपछि आमाले ‘भर्ती हुन जा’ भनेको रानाले सुनाए । ‘मेरो सोच पनि चिकित्सक बन्ने नै थियो । तर, आमाको भनाइ टार्न नसकेपछि ‘एकपटक देखिँदा के फरक पर्ला र’ भनेर गएको भर्ती भइहालियो’-रानाले भनेका छन् ।

भर्ती भएपछि उनी सिग्नलमा परे । जहाँ राम्रो पढाइ भएकाहरुलाई पढ्ने अवसर दिइन्छ । रानाले सन् १९९३-९५ मा बोर्नमाउथ युनिभर्सिटीबाट बीएस्सी अनर्स गरे ।

त्यसपछि त्यही विश्वविद्यालयबाट मास्टर्स पनि गरे । ‘त्यसले पनि अहिलेको ठाउँमा पुग्नलाई मद्दत गर्‍यो’ राना भन्छन् ।

हाल एण्डोभरमा रहेको ब्रिगेड अफ गोरखाजको मुख्यालयमा काम गरिरहेका राना बढुवापछि पनि त्यहीँ काम गर्नेछन् । सम्भवत सन् २०१५ को शुरुवातमा उनले नयाँ कमाण्ड सम्हाल्नेछन् । एउटा बटालिएन उनको मातहतमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment