Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले हाइभोल्टेज वितरण लाइनमा जोडिँदा रामेछापमा तीन जनाको मृत्यु भएको, देशभर चिसो बढेको, हिमाली भेगमा हिमपात तथा अन्य ठाउँमा छिटपुट वर्षा भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले प्रधानमन्त्री सुशील कोइरालाले धर्म निरपेक्षताबारे आफूलाई थाहै नभएको भन्दै गुनासो गरेको, प्रमुख तीन दल घरमै व्यस्त भएको, दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले सरकारले बेलायती राजदूतलाई प्रस्टीकरण सोध्ने, तराइमा अझै केही दिन शितलहर चल्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले एमालेको ६२ सदस्यीय पोलिटव्युरो सर्वसम्बत भएको, प्रचण्डले आफूहरु संख्यामा लचक भएपनि पहिचान नछाड्ने बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment