Comments Add Comment

नन्दिता, सञ्चिता, ऋचा र आशिष्मा र्‍याम्पमा उत्रिने

nandita and sanchita
काठमाडौं । फशेन शो हेरेर मनोरञ्जन लिनेहरुका लागि खुसीको खबर । आउँदो शनिवार सिटी सेन्टरमा नेपाली सेलीब्रेटीको जमघटमा भब्य फेशन शो सम्पन्न हुने भएको छ ।
कायरा बुटिकको आयोजनामा हुन लागेको फेशन शो मा नेपाली नायिकाहरुले क्याटवाक गर्ने छन् । सञ्चिता लुइँटेल, नन्दिता केसी, ऋचा शर्मा र आशिष्मा नकर्मी विभिन्न पोशाकमा र्‍याम्पमा प्रस्तुत हुने छन् ।
पार्टीमा लगाइने नयाँ सेरिजका पहिरनबारे जानकारी दिन फेशन शो आयोजना गरिएको कायराकी सञ्चालिका रोजिना श्रेष्ठले जानकारी दिइन् । पछिल्लो समय आम नागरिक फेशनप्रति सचेत भएको धारण राख्ने रोजिनाले आफ्नोमा आउने ग्राहकको आग्रहकै कारण यस किसिमका शो गरेको बताइन् ।
केही समय अघि पोखराको एक बृद्धाश्रमको सहयोगार्थ हङकङमा फेशन शो गरेर आएकी रोजिनाले काठमाडौमा हरेक वर्ष ६/७ पटक फेशन शो गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment