+
+
Shares

विजयको कुरा नगर्नुस्, मधेसका लागि लड्ने म हुँ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २९ गते १७:४२

२९ मंसिर, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र मधेस एक प्रदेशको सम्झौताबाट पछि हटे कसैको हित नहुने चेतावनी दिएका छन् ।

upendra-yadavमधेसमा दुई प्रदेश बनाउन सकिने विजयकुमार गच्छदारको अभिव्यक्तिको आलोचना गर्दै उनले केहीले सत्तामा जान मधेसमा जति प्रदेशमा पनि सम्झौता गर्न बताए ।

उनले भनेका छन्-‘उनले त २०६९ साल जेठ २ गते नै पाँच प्रदेश स्वीकार गरिसकेका छन् । विजयको कुरा नगर्नुहोस्, मेरो कुरा गर्नुहोस् । आजको दिनमा मधेसी जनताको अधिकारका लागि लड्ने उपेन्द्र हो, अरुको कुरा मसँग नगर्नुहोस ।’

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा यादवले यादवले आफ्नो पार्टी मधेस एक प्रदेशको पक्षमा दृढ रहेको बताए । झापा, मोरङ, सुनसरीलाई मधेश प्रदेशमा गाभ्ने नसकिने एमाले अध्यक्ष ओलीको प्रस्ताव आफूलाई स्वीकार्य नहुने उनले बताए ।

फोरम अध्यक्ष यादवले प्रमुख दलका शीर्ष नेताहरु नै सरकार परिवर्तनको खेलमा लाग्दा संविधान लेखन प्रक्रिया ओझेलमा परेको आरोप लगाएका छन् । कांग्रेस र एमालेकै शीर्ष नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाको सरकार ढालेर आफू नै प्रधानमन्त्री बन्न तम्सिएको उनको भनाइ छ ।

सत्तारुढ दलका नेताहरुले वार्ताका लागि बोलाउँदा पनि सरकार परिवर्तनको मात्रै कुरा उठाउने गरेको भन्दै उनले भने-‘सरकार परिवर्तनको कुरा बेमौसमको बाजा हो । कोइरालाको विकल्प खोजियो भने संविधान जारी गर्न सकिँदैन ।’

फोरम अध्यक्ष यादवले आफ्नो पार्टी संविधान जारी नभएसम्म र मधेसका जनताको एजेण्डा स्थापित नभएसम्म सरकारमा नजाने पनि प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?