Comments Add Comment

हरर र सेक्सले भरिपूर्ण १० हिन्दी फिल्म

sunney
हिन्दी फिल्मका लागि ‘सेक्स’ अनिवार्य मसला जस्तै बन्न थालेको छ अचेल । हरर र सेक्सको मिलनबाट बनेको ‘हररेक्स’बिधा अहिले बलिउडको बिकाउ फिल्मी मसला बनेको छ ।
रामशे ब्रदरर्स कुनैबेला हररेक्स फिल्म निर्माणमा अग्रणी थिए । भलै उनका फिल्मलाई जहिल्यै बी ग्रेडका सिनेमाको रुपमा लिइयो, तर पनि उनले हरर र सेक्सप्रतिको लगाव छाडेनन् ।
अहिले जमाना बदलियो । हरर र सेक्सले भरिएका फिल्म अहिले मूलधारका मानिन थालेका छन् । अघिल्लो साता सार्वजनिक फिल्म ‘अलोन’को ट्रेलरले फेरि हररेक्स फिल्मको याद ताजा गराइदिएको छ ।
आउनुहोस् आज हामी तपाईलाई जानकारी दिँदै छौं, हरर र सेक्सको कुशस संयोजन गरिएका बलिउडका दश फिल्मको नालीबेली-
अलोन
प्रदर्शोन्मुख फिल्म अलोन कस्तो छ भन्ने विषयमा विपाशा बसुकै भनाइ काफी छ । उनको भनाइ अनुसार यो उनको अहिलेसम्मकै ‘हट एण्ड बोल्ड’ फिल्म हो । यसमा विपाशाको नायक बनेका छन् करण सिंह ग्रोवर ।
यौनको पृष्ठभुमीमा बनेको हरर फिल्म हो यो । त्यसो त हरर फिल्ममा विपाशाको छुट्टै बजार छ । फिल्मको प्रोमो हेर्ने बित्तिकै कतिपयले विपाशालाई ‘हररकी रानी’ समेत भनेका छन् ।
यसमा विपाशा र करणको कामुकता, सेक्स र हरर शैलीलाई प्रस्तुत गरिएको छ ।

bolly 1
रागीनी एमएम एस-२
एकता कपुरले बनाएको फिल्म रागीनि एमएमएस -२ केही समय अघि प्रदर्शन भएको थियो । पोर्न स्टारवाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले उक्त फिल्ममा महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् ।
दर्शकले सन्नीको सौन्दर्यसँगै उनको बलिउड आगमनलाई पनि स्वीकारे । यसमा हरर कम सेक्स बढी थियो ।
रागीनि एमएमएस
एकता कपुरकै लगानी रहेको रागीनि एमएमएस को निर्देशक पवन कृपालानी थिए । सप्ताहान्त मनाउन जंगलको घरमा पुगेको एउटा जोडीले पाएको सास्तीलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
सन् २००७ मा रिलिज भएको यस फिल्ममा हरर बिधामा केही नयाँ फर्मुला प्रयोग गरिएको थियो । फिल्मको ब्यापार रामै्र हुनुमा हरर भन्न्दा पनि सेक्स महत्वपूर्ण थियो भन्नेहरु पनि छन् ।
राज थ्री
विपाशा बसु, इमरान हासमी र इशा गुप्ताले अभिनय गरेको राज थ्री अर्को चर्चित हररेक्स फिल्म हो ।
धेरै कमाइ गर्ने हरर फिल्म मध्ये यो फिल्म पनि एक हो । स्टार पावरका कारण पनि धेरै ब्यापार भएको भन्नेहरु छन् । तर, पनि हररेक्स फर्मूलाको यो फिल्ममा भरपुर उपयो गरिएको छ ।

raz 3
१९२०
विक्रम भट्टको फिल्म १९२० मा रजनीश दुग्गल र अदा शर्माले अभिनय गरेका छन् । हरर र सेक्सको कथा भएको यो फिल्ममा सन् १९७३ मा बनेको अंग्रेजी फिल्म ‘ओझा’ वाट प्रभावित थियो । फिल्मको ब्यापार पनि निकै राम्रो भएको थियो ।
वीराना
हेमन्त बिर्जे र साहिला चड्डा को मुख्य भुमिका रहेको थियो वीरानामा । सन् १९८८ मा बनेको यो फिल्मले पनि तत्कालिन समयमा राम्रो कमाइ गरेको थियो । रामशे ब्रदरको लगानीमा बनेको यो फिल्म हरर र सेक्सकै कारण लोकपि्रय भएको थियो ।
पुरानी हवेली
रामशे ब्रदरकै अर्को फिल्म पुरानी हवेली पनि कुनै जमानाको चर्चित फिल्म मानिन्थ्यो ।
सन १९८९ मा सिनेमा हलमा लागेको यो फिल्ममा दीपक परासर, अमिता नांगिया, नीलम मेहरा लगायतका कलाकारले अभिनय गरेका थिए ।
पुराना मन्दिर
रामशे ब्रदरकै अर्को फिल्म पुराना मन्दिर सन् १९८४ मा प्रदर्शन भएको थियो । यो फिल्मलाई अहिले पनि हरर शैलीको क्लासिकल फिल्म मानिन्छ ।
मोहनीस बहल, पुनीत इस्सर, सदाशिव अमरापुरकर जस्ता कलाकारको अभिनय रेहेको यो फिल्ममा मान्दिर, राक्षस र दानवको सम्बन्ध देखाउन खोजिएको छ ।

purana-mandir
बन्द दरवाजा
रामशे ब्रदरले सन् १९९० मा बनाएको अर्को फिल्म हो ‘बन्द दरवाजा’ जसमा कुनिका, अरुणा इरानी र मञ्जीत कुल्लरले अभिनय गरेका छन् ।
शिकारमा गएका किशोरीहरुको भेट नौला नाम गरेको पिशाचसँग भएपछिको संघर्ष फिल्ममा देखाइएको छ ।
दहशत
रामशे ब्रदर्सकै अर्को फिल्म हो दहशत । सारिका, नादिरा, ओम शिब पुरी लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा एउटा वैज्ञानिकको पागलपनको कारण एउटा सज्जन एक रातमै राक्षस बनेको देखाइएको छ । -टाइम्स अफ इन्डियाबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment