Comments Add Comment

बोष्टनमा नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि ३३ हजार ४ सय संकलन

pashupati-buddhya faundationबोष्टन । बोष्टनमा पशुपतिनाथ र बुद्धको मन्दिरसहित नेपाली कम्युनिटी सेन्टर बनाउने अभियानको क्रममा ३३ हजार ४ सय ५८ डलर आर्थिक जुटेको छ । पशुपतिनाथबुद्द फाउण्डेशनको पूर्ण बैठकले सो रकम अनुमोदन गरेको संस्थाका मिडिया प्रमुख यम पौडेलले जानकारी दिए ।

समरभिलको मसाला रेष्टुरेन्टमा संस्थाका अध्यक्ष मीलन गुरुङको अध्यक्षतामा बसेको बैठकले फाउन्डेनका पछिल्ला कार्यक्रमबाट भएको आम्दानी ३३ हजार ४ सय ५८ डलर र खर्च एक हजार ८० डलर अनुमोदन गरेको छ ।

चलचित्र ‘साथि म तिम्रो’को पि्रमियर शोबाट ११५७ डलर तथा फिल्म ‘झोला’बाट ५०० डलर, दुई दिन सम्म आयोजित महजात्राबाट ५०५२ डलर, देउसीभैलो बेल्मोनबाट ३७४७ डलर, बेडफोर्डबाट १२२७ डलर, अर्लिङटन बाट ३५६३ डलर, समरभिलबाट ३५०८ डलर, एभरेटबाट २८०७ डलर, टाऊनटोनबाट २४१९ डलर, मेटफिल(हिमालयन बिष्ट्रो) बाट २९७३ डलर, मेटफिल (नरऊड सब कमिटी ) बाट ५३३९ डलर अाम्दानी भएकाे छ ।

यस्तै अतिरिक्त फाइब ओ वान सी थ्री आएको खुसीमा यम पौडेलले दिएको २०१, कृपा पौडेलको बर्थ डे मा सम्झिएको २०१, राम केसीले छोरीको बर्थ डे मा सम्झिएको ३०३, हरि काˆलेले छोरा हार्दिक काफ्ले जन्मदा संस्थालाई सम्झिएको २००, कृति तामाङको स्विटस सिक्टिन सम्झिएको २०१ र कवि रमेश खकुरेलबाट प्राप्त ६० सहित बिबिध तर्फको जम्मा ११६६ डलर पनि बैठकले आम्दानीमा समाबेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment