Comments Add Comment

हत्यारालाई कारबाही माग गर्दै राजमार्गमा प्रदर्शन

rally१ पुस, नवलपरासी । नवलपरासीको देउराली ५ बेलुवामा हत्या गरी जलाएर फालिएको अवस्थामा भेटिएका महिलाको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै मंगलबार नवलपरासीका महिलाहरुले प्रदर्शन गरेका छन् ।

दोषी पत्ता लगाइ कारवाहीको माग गर्दै उनीहरुले मंगलबार नवलपरासीको कावासोतीमा र्याली एवम् धर्ना समेत दिए  । उनीहरुले इलाका प्रहरी कार्यालय नवलपुर अगाडि पूर्वपश्चिम मुख्य राजमार्ग आधा घण्टा चक्काजाम गरे ।  प्रदर्शनका क्रममा उनीहरुले दोषी पत्ता लगाइ कारवाही गर्नुपर्ने, महिला हिंसा अन्त्य गर्नुपर्ने लगायतका माग गरेका थिए ।

महिला अधिकार मञ्च नवलपरासीको आयोजनामा सञ्चारिका समूह, क्रियाशील महिला, पत्रकार लगायतले इलाका प्रशासन कार्यालय कावासोती अगाडि समेत धर्ना दिएका थिए ।

मंसिर २२ गते भेटिएका अन्दाजी २२ बर्षीया महिलाको अझै सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले हत्या गरी जलाएर फालिएको अवस्थामा भेटिएको महिलाको सनाखतका लागि डीएनए परीक्षणका लागि पठाइएको र त्यस समयअवधिमा हराएका महिलाहरुको तथ्यांक संकलन गरी अनुसन्धान गरिएको भए पनि अझै पहिचान हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment